२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुतर्क मात्र हो : प्रचण्ड

२०८२, १२ भाद्र बिहीबार १२:३०

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनबारे चासो बढिरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको सक्रियतामाथि स्पष्टीकरण दिएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भण्डारीको पार्टी सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा भएको दाबी गरेका छन् । भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने विषयमा सुरुमा सहमति भए पनि चीन भ्रमणपछि ओली र भण्डारीबीचको सम्बन्धमा चिसोपना आएको प्रचण्डको दाबी छ ।

‘भण्डारीजी सक्रिय राजनीतिमा आउन चाहनुभएको कुरा स्पष्ट छ। सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै ओलीजीकै सल्लाहमा भएको हो’, प्रचण्डले भने, ‘तर चीन भ्रमणपछि के भयो, त्यो मलाई थाहा छैन।’ पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काउन नहुने भन्ने तर्क असंगत भएको प्रचण्डको भनाइ छ । उनले नेपाल संविधानले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई दलमा फर्कन रोक्ने कुनै व्यवस्था नराखेको बताए ।‘विश्वभरका उदाहरण हेर्दा राष्ट्रपति भएर पनि पुनः प्रधानमन्त्री, मेयर वा अन्य पदमा निर्वाचित भएका घटना धेरै छन्,’ उनले थपे, ‘त्यसैले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुतर्क मात्र हो।’प्रचण्डले भण्डारीसँग हाल कुनै सम्पर्क वा भेटघाट नभएको स्पष्ट पारे । साथै, विद्या भण्डारीको ‘प्लान बी’ भन्ने चर्चालाई पनि हल्ला मात्र भएको बताए ।

यस्तै, पार्टीभित्रका स्वार्थ समूहलाई विघटन गर्ने माओवादी केन्द्रको केन्द्रीय समितिको निर्णयबारे प्रचण्डले व्याख्या गर्दै यस्तो समूहलाई पार्टीको लाइन, विधि, पद्धति र नेतृत्वभन्दा बाहिर व्यक्तिगत स्वार्थमा केन्द्रित गतिविधि गर्ने भनेर परिभाषित गरे । जनार्दन शर्मा ‘प्रभाकर’बारे सोधिएको प्रश्नमा प्रचण्डले एकजनाले नपत्याउँदा पार्टीको आन्दोलन र इतिहास रोकिने स्थिति नरहेको बताए । उनले स्थायी समितिले यसबारे स्पष्ट पारिसकेको र आगामी पदाधिकारी बैठकमा थप समीक्षा हुने जानकारी दिए । प्रचण्डले समाजवादी मोर्चा लगायतका शक्तिसँग पार्टी एकताको सम्भावना रहेको भन्दै यसका लागि संवाद र वार्ता भइरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण