१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुतर्क मात्र हो : प्रचण्ड

१२ भाद्र २०८२, बिहीबार १२:३०

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनबारे चासो बढिरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको सक्रियतामाथि स्पष्टीकरण दिएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भण्डारीको पार्टी सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा भएको दाबी गरेका छन् । भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने विषयमा सुरुमा सहमति भए पनि चीन भ्रमणपछि ओली र भण्डारीबीचको सम्बन्धमा चिसोपना आएको प्रचण्डको दाबी छ ।

‘भण्डारीजी सक्रिय राजनीतिमा आउन चाहनुभएको कुरा स्पष्ट छ। सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै ओलीजीकै सल्लाहमा भएको हो’, प्रचण्डले भने, ‘तर चीन भ्रमणपछि के भयो, त्यो मलाई थाहा छैन।’ पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काउन नहुने भन्ने तर्क असंगत भएको प्रचण्डको भनाइ छ । उनले नेपाल संविधानले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई दलमा फर्कन रोक्ने कुनै व्यवस्था नराखेको बताए ।‘विश्वभरका उदाहरण हेर्दा राष्ट्रपति भएर पनि पुनः प्रधानमन्त्री, मेयर वा अन्य पदमा निर्वाचित भएका घटना धेरै छन्,’ उनले थपे, ‘त्यसैले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुतर्क मात्र हो।’प्रचण्डले भण्डारीसँग हाल कुनै सम्पर्क वा भेटघाट नभएको स्पष्ट पारे । साथै, विद्या भण्डारीको ‘प्लान बी’ भन्ने चर्चालाई पनि हल्ला मात्र भएको बताए ।

यस्तै, पार्टीभित्रका स्वार्थ समूहलाई विघटन गर्ने माओवादी केन्द्रको केन्द्रीय समितिको निर्णयबारे प्रचण्डले व्याख्या गर्दै यस्तो समूहलाई पार्टीको लाइन, विधि, पद्धति र नेतृत्वभन्दा बाहिर व्यक्तिगत स्वार्थमा केन्द्रित गतिविधि गर्ने भनेर परिभाषित गरे । जनार्दन शर्मा ‘प्रभाकर’बारे सोधिएको प्रश्नमा प्रचण्डले एकजनाले नपत्याउँदा पार्टीको आन्दोलन र इतिहास रोकिने स्थिति नरहेको बताए । उनले स्थायी समितिले यसबारे स्पष्ट पारिसकेको र आगामी पदाधिकारी बैठकमा थप समीक्षा हुने जानकारी दिए । प्रचण्डले समाजवादी मोर्चा लगायतका शक्तिसँग पार्टी एकताको सम्भावना रहेको भन्दै यसका लागि संवाद र वार्ता भइरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव