2026-07-27 03:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुतर्क मात्र हो : प्रचण्ड

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनबारे चासो बढिरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको सक्रियतामाथि स्पष्टीकरण दिएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भण्डारीको पार्टी सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा भएको दाबी गरेका छन् । भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने विषयमा सुरुमा सहमति भए पनि चीन भ्रमणपछि ओली र भण्डारीबीचको सम्बन्धमा चिसोपना आएको प्रचण्डको दाबी छ ।

‘भण्डारीजी सक्रिय राजनीतिमा आउन चाहनुभएको कुरा स्पष्ट छ। सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै ओलीजीकै सल्लाहमा भएको हो’, प्रचण्डले भने, ‘तर चीन भ्रमणपछि के भयो, त्यो मलाई थाहा छैन।’ पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काउन नहुने भन्ने तर्क असंगत भएको प्रचण्डको भनाइ छ । उनले नेपाल संविधानले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई दलमा फर्कन रोक्ने कुनै व्यवस्था नराखेको बताए ।‘विश्वभरका उदाहरण हेर्दा राष्ट्रपति भएर पनि पुनः प्रधानमन्त्री, मेयर वा अन्य पदमा निर्वाचित भएका घटना धेरै छन्,’ उनले थपे, ‘त्यसैले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुतर्क मात्र हो।’प्रचण्डले भण्डारीसँग हाल कुनै सम्पर्क वा भेटघाट नभएको स्पष्ट पारे । साथै, विद्या भण्डारीको ‘प्लान बी’ भन्ने चर्चालाई पनि हल्ला मात्र भएको बताए ।

यस्तै, पार्टीभित्रका स्वार्थ समूहलाई विघटन गर्ने माओवादी केन्द्रको केन्द्रीय समितिको निर्णयबारे प्रचण्डले व्याख्या गर्दै यस्तो समूहलाई पार्टीको लाइन, विधि, पद्धति र नेतृत्वभन्दा बाहिर व्यक्तिगत स्वार्थमा केन्द्रित गतिविधि गर्ने भनेर परिभाषित गरे । जनार्दन शर्मा ‘प्रभाकर’बारे सोधिएको प्रश्नमा प्रचण्डले एकजनाले नपत्याउँदा पार्टीको आन्दोलन र इतिहास रोकिने स्थिति नरहेको बताए । उनले स्थायी समितिले यसबारे स्पष्ट पारिसकेको र आगामी पदाधिकारी बैठकमा थप समीक्षा हुने जानकारी दिए । प्रचण्डले समाजवादी मोर्चा लगायतका शक्तिसँग पार्टी एकताको सम्भावना रहेको भन्दै यसका लागि संवाद र वार्ता भइरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ