2026-10-04 10:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले रास्वपा आगामी २०८४ को चुनावमा देशको पहिलो पार्टी बन्ने प्रक्षेपण गरे

काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी २०८४ को चुनावमा देशको पहिलो पार्टी बन्ने प्रक्षेपण गरेका छन् । बिहीबार माओवादी केन्द्र कोशी प्रदेश कमिटीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले रास्वपामाथि राजनीतिक प्रतिशोध साँधेका कारण जनताको सहानुभूति रास्वपाप्रति बढेको विश्लेषणसमेत गरेका छन्।

‘कांग्रेस, एमालेको ज्यादतीका विरुद्ध, राजनीतिक प्रतिशोधका विरुद्ध रास्वपाप्रति जनताको सहानुभूति बढेको छ,’ प्रचण्डले भने, ‘अहिलेको पोजिसन मैले हेर्दा ८४ मा रास्वपा पहिलो पार्टी हो ।’उनले रास्वपाको उदय सामाजिक सञ्जाल र टिभी प्रस्तुतिबाट अचानक भएको स्मरण गर्दै गत चुनावमा समानुपातिक मतमा माओवादी केन्द्रको हाराहारीमा आउनुलाई महत्त्वपूर्ण राजनीतिक घटनाको रूपमा व्याख्या गरे । ‘उनीहरूको समानुपातिक मत झण्डै–झण्डै माओवादी केन्द्रको हाराहारी आयो’, उनले भने, ‘सरकार बनाउने र भत्काउने क्रममा त्यो नयाँ पार्टी निर्णायक हुने भएपछि हामीले सकेसम्म हामीतिर राख्ने कोसिस गर्‍यौं ।’

प्रचण्डले केपी शर्मा ओली र शेरबहादुर देउवाको गठबन्धन बनेको बेला रास्वपालाई एकढिक्का प्रतिपक्षमा उभ्याउन आफूहरूकै मुख्य भूमिका रहेको दाबी गरे । रास्वपाका सांसदहरू राजीनामा दिएर स्वतन्त्र बस्ने मनस्थितिमा पुगेका बेला सबै पार्टीसँगको सल्लाहमा उनीहरूलाई बलियो प्रतिपक्षको रूपमा उभ्याइएको बैठकमा उनले बताएका छन् । ‘त्यो गठबन्धनका विरुद्ध राम्रो राजनीतिक हस्तक्षेप भएको थियो’, प्रचण्डले भने, ‘उनीहरू राजीनामा दिन आएका थिए, तर हामीले प्रतिपक्षमा उभ्यायौं ।’

प्रचण्डले वर्तमान सरकारले रास्वपामाथि बढी नै प्रतिशोध साँधेको आरोप लगाएका छन् । उनले यस्तो अवस्थामा माओवादी केन्द्रले कांग्रेस–एमाले जस्तै आलोचनामा उत्रिनुभन्दा थोरै सहानुभूति देखाउँदा माओवादीकै राजनीतिक ग्राफ बढ्ने तर्क गरे । उनले रास्वपाका नेता जेलमा रहँदा आफूले ‘अभिभावक’को भूमिका निर्वाह गर्दै भेट्न गएको र त्यसले जनतामा सकारात्मक सन्देश गएको दाबी गरे । ‘मेरो क्याबिनेटमा दुईपटक उपप्रधानमन्त्री भएको मान्छे जेलमा बस्दा अभिभावकको हैसियतले मैले भेट्न नपाउने ? भनेर बोल्दा जनतामा हामी अभिभावक हौं भन्ने सन्देश गयो,’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी कुनै पनि हालतमा कांग्रेस र एमालेको कित्तामा नउभिने स्पष्ट पारे । उनले सबै षड्यन्त्र कांग्रेस र एमालेले मिलेर गरिरहेको आरोप लगाउँदै आगामी दिनमा घटनाक्रम हेरेर अघि बढ्ने पनि बैठकमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर