१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकलाई चुनौती दिने खालको कुनै पनि आर्थिक अपराध नियन्त्रण गर्न सरकार तत्पर छ : अर्थमन्त्री पौडेल

१३ भाद्र २०८२, शुक्रबार १५:५३

काठमाडौँ | उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई नै चुनौती दिने खालको आर्थिक अपराध नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकसँग सहकार्यका साथ अघि बढ्न तत्पर रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले मुलुकलाई चुनौती दिने खालका आर्थिक अपराध नियन्त्रण गर्न सरकार विश्वका कुनै पनि मुलुकसँग सहकार्य गरेर अघि बढ्न सक्षम रहेको बताए ।

राज्यलाई नै चुनौती दिन सक्ने गरी ठूला र गम्भीर प्रकृतिका आर्थिक अपराधहरू नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रयास गर्दै आएको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले त्यस कर्तव्यप्रति सरकार सचेत रहेको बताउनुभयो। उहाँले नेपाललाई आर्थिक रूपमा ग्रे लिस्टमा नपर्ने सुनिश्चितता पनि दोहोर्‍याए । उपप्रधानमन्त्री पौडेलले भने, ‘आर्थिक अपराध नियन्त्रण र सुशासनप्रति मुलुकको कर्तव्य हुन्छ। सम्पत्ति शुद्धीकरण र आतङ्ककारी कार्यमा वित्तीय लगानी नियन्त्रण सम्बन्धी विश्वका साझा प्रयासहरू पनि त्यसैका अभिव्यक्तिहरू हुन्। हाम्रो राज्यलाई नै चुनौती दिन सक्ने गरी ठूला र गम्भीर प्रकृतिका आर्थिक अपराधहरू नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकहरूसँग सहकार्य गर्दै अगाडि बढ्न तत्पर छ। त्यस हिसाबका प्रयासहरू छन्। यो दुनियाँकै चासो र सरकारको विषय पनि हो भन्ने कुरा म राख्न चाहन्छु।’

त्यस अवसरमा उपप्रधानमन्त्री पौडेलले नेपालले आर्थिक कठिनाइ व्यहोरिरहे पनि समस्यामा जेलिएको अवस्था नभएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव