2026-09-13 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेयर बालेन्द्र साहले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन् । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सानोमा आफूले हलिउड फिल्म हेर्दा खेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौँ महानगर प्रहरीले गरिरहेको बताए । फिल्ममा देखाइएको काम रियलमा हुनु खुसीको कुरा भएको उनले बताए । उनले काठमाडौँ महानगरबाट धेरै पालिकाहरूले काम गर्ने शैली सिक्न खोजेको पनि बताए । त्यसमा महानगर प्रहरीको ठुलो योगदान रहेको उनको भनाई छ । काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, अतिक्रमण हटाउने, महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा नगर प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।

उनले भने- ‘धेरै पालिकाहरू छन्, धेरै ठाउँहरू छन् । काठमाडौँ महानगरपालिकाबाट केही सिक्न चाहन्छन् । जुन ठाउँहरूले काठमाडौँ महानगरपालिकाबाट केही सिक्न खोज्नुहुन्छ, त्यो सिकाइमा तपाईंहरुको ठुलो योगदान छ । सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि लिएर काठमाडौँ महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा तपाईँहरूको उल्लेखनीय योगदान रहेको छ । सानोमा हुँदा रमाइलो याद आउँछ, हामी हलिउड फिल्महरू हेर्थ्यौँ, पुराना पुराना फिल्महरू हेर्दा खेरी त्यसमा न्युयोर्क सिटी पुलिसको काम कारबाही हेर्दा खेरी लाग्थ्यो काठमाडौँ लगायत देशका विभिन्न पालिकाहरूमा सिटी पुलिस कस्तो हुनुपर्छ भन्ने । त्यस्ता कुराहरू सिनेमामा मात्रै हेर्न पाइन्थ्यो पहिला । र अचेल चाहिँ तपाईँहरूको काम हेर्दा खेरी कहिलेकाहीँ सिनेमा हेरेजस्तो पनि लाग्छ । त्यो चाहिँ खुसीको कुरा हो ।’

उनले थप भने- ‘काठमाडौँ महानगरपालिकालाई जसरी एउटा राजधानीको रूपमा चिनिन्छ, महानगर प्रहरी बल पनि काठमाडौँको एउटा पर्यायवाची पहिचानको रूपमा स्थापित भएको छ । तपाईंहरुले देखाउनुभएको कर्मनिष्ठा, योगदानहरू अहिलेको बितेको ३ वर्षमा मात्रै नभएर आगामी दिनहरूमा पनि विभिन्न सिटी पुलिस तथा स्थानीय सरकारहरूलाई एउटा सिकाइको रूपमा रहनेछ ।’उनले महानगर प्रहरी आगामी दिनमा पनि अन्य सिटी प्रहरी र स्थानीय तहका सरकारहरूको लागि सिकाइको रूपमा रहने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले