2026-10-05 03:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अर्थमन्त्री पाैडेलले मर्चवारकाे विकासकाे लागि एमालेले जिम्मेवारी लिने बताए

काठमाडौँ | नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले मर्चवारकाे विकासकाे लागि एमालेले जिम्मेवारी लिने बताएका छन् । शनिबार असुरैनामा आयाेजित पार्टी प्रवेश कार्यक्रममा उनले देशमा बलियाे पार्टीले नेतृत्व गर्नसक्दैन त्यहाँको विकास नहुने भएकोले एमाले बलियाे बनाउने अभियानमा लाग्न आग्रह गरे ।

‘मर्चवारबाट चुनाव लडेकाहरूकाे पार्टी सरकारकाे नेतृत्व नगरेकाले समस्या भएको हाे, एमाले देशको नेतृत्व गर्ने पार्टी हाे त्यसैले अब यहाँको विकासको जिम्मेवारी लिन्छ’, उनलेे भने, ‘सक्षम नेता भएको पार्टीको साथ लिएर आफ्नो क्षेत्रमा विकास हुन्छ । मर्चवारबाट राजनीति गर्नेहरू अब अरूकाे पछि लागेर हाेइन । बिगतमा धेरै पार्टीमा हिड्नुपरेकाे बाध्यता अब हटेर जानेछ। मर्चवारकाे विकासको लागि एमालेकाे अगुवाइमा गाेलबन्द हुनुपर्छ ।’‘मर्चवार म पन्चायतकालदेखि बसेकाे ठाउँ हाे तर मर्चवारका स्थानीयले पत्याएनन् । मर्चवारमा के चाहिन्छ भन्ने नेताकाे अभाव रहेकाे । अब मर्चवार पछाडि पर्दैन । देशकै उदाहरणीय स्थान बनाउने जिम्मेवारी एमालेकाे काँधमा आयाे । अब मर्चवारमा विभेद हुँदैन’, उनलेे भने ।

एमाले यहाँको विकासका आवश्यकता पहिचान गरेर अघि बढ्ने उनलेे बताउँदै उनलेे सम्मानका साथ नयाँ प्रवेश गरेका साथीहरूलाई उचित जिम्मेवारी दिने प्रतिवद्वता गरे । मर्चवार के चाहन्छ भनेर अर्थमन्त्री पाैडेलले भाषणकै बीचमा स्थानीयले भने उठेर एक स्वरमा खाद चाहिँ, मन्त्रीले जवाफमा भने, ‘तपाईंको समस्या सुनेकाे छु चाहेको भन्दा दाेब्बर उपलब्ध गराउने म प्रतिवद्वता गर्दछु ।’

‘यहाँ चक्रपथ छैन,सडक छैन । याे यहाँको मुख्य समस्या हाे । बेलबास बेथरीसम्म पुगेकाे छ याे सडक अबको प्राथमिकतामा परेर मर्चवारमा जाेडिने छ । यहाँ कुनै अस्पताल छैन । तपाईं ठाउँ खाेज्नुुस स्राेत म खाेज्छु याे प्रतिवद्वता छ अस्पतालकाे लागि । जिल्ला अस्पताल जस्तो सेवासुविधाकाे अस्पताल यहाँ बन्नेछ’, पाैडेलले भने, ‘शिक्षामा टियुकाे आंगिक कलेज स्थापनाकाे पहल हुनेछ । सिंचाइका लागि कालिगण्डकी तिनाउमा ल्याएर संभव हुनेछ, त्याे काम अघि बढेकाे छ । मलकाे समाधान मुख्य जिम्मेवारी लिएर जानेछु ।’उनले एमाले प्रवेेश गरेका नेताहरू धेरै पार्टीको अनुभवी रहेकाे सबै पार्टीको कार्यदिशा हेरेर एमालेमा बस्ने घाेषणा गरेकाेले अब यहाँको समस्या समाधान हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर