१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुल नेतृत्व जिवित रहेसम्म पार्टी छाडेर जानेहरूले बकवास गर्दैमा फरक नपर्ने : प्रचण्ड

१४ भाद्र २०८२, शनिबार १७:०३

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर जानेहरूलाई बकवास गर्ने छुट भएको बताएका छन् । मुल नेतृत्व जिवित रहेसम्म पार्टी छाडेर जानेहरूले बकवास गर्दैमा फरक नपर्ने उनको भनाइ छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती’ विषयक विचार गोष्ठीमा प्रचण्डले प्रशिक्षणात्मक सम्बोधन गरेका थिए ।

माओवादी आन्दोलनको समीक्षात्मक सम्बोधनमा प्रचण्डले भने, ‘मुल नेतृत्व र टीम जिवित रहँदासम्म बीचबीचमा उताउता छोडेर जानेहरूले जे जे बोल्दिए पनि फरक पर्दैन, जे जे गरे पनि हुन्छ, बकवास गरे पनि हुन्छ , लेनीनले भन्नु हुन्छ के जति बकबास गरे पनि हुन्छ ।’माओवादी छाडेका मोहन बैद्ध, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल, नेत्र विक्रम चन्द विप्लव लगायतले प्रचण्डको आलोचना गर्ने गरेका छन् ।

मुल पार्टी छाडेकाहरूको आलोचनालाई लक्षित गर्दै प्रचण्डले कम्युनिष्ट नेताहरूको दर्शन, विचार र अभिव्यक्तिको दृष्टान्त प्रस्तुत गर्दै बचाउ गरेका थिए । प्रचण्डले क्रान्ति पूरै जितेर आउन नसकेको स्वीकार गर्दै शान्ति सम्झौता बाध्यता भएको बताए । उनले भने, ‘हामीले क्रान्ति जितेर आउन सकेनौं, यो कुरा हामी सबैले मनन गर्नुपर्ने कुरा छ, हामीले क्रान्ति पूरै जित्न पाएको भए, माथि परेको सबैलाई तल पारिनेवाला थियो, तल परेका सबभन्दा माथि आउनेवाला थिए, जसरी जनयुद्धमा उत्पीडित वर्ग समुदाय माथि देखिएको थियो ।’माओवादी युद्ध कारण उपल्लो जाती र वर्गले समेत तल्लो जाती र वर्गलाई सम्मान देखाउनुपर्ने बाध्यता बनेको उनले बताए ।‘उत्पीडित समुदायको आवश्यकता र भावनाअनुसार उनीहरूलाई सम्मान गर्नुपर्ने, उनीहरूलाई इज्जत गर्नुपर्ने, उनीहरूलाई प्रतिष्ठा दिनुपर्नेमा ठाउँमा एकथरी मान्छेहरूलाई बाध्यता पारिएको थियो, लडाइँले त्यो बाध्यता पारेको थियो,’ उनले भने ।

पूर्णरूपमा युद्ध नजित्दै सहमति र सम्झौता गर्नुपर्ने परिस्थिति आइलागेको भन्दै प्रचण्डले माओवादी आन्दोलनले अपेक्षाकृत दिशा लिन नसकेको स्वीकार गरे । शान्ति सम्झौताप्रति प्रचण्डले भने, ‘यो आइलागेको परिस्थिति हो, सम्झौता र सम्झौतावाद भन्नेबारेमा पनि ठूल्ठूला मार्क्सवादी नेताहरूले, लेनीनवादीहरूले धेरै कुरा भनेका छन्, सम्झौता उत्पीडित वर्गमाथि परिस्थितिले थोपरिदिन्छ कहिलेकाँही र सम्झौता गर्नुपर्ने बाध्यता आउँछ नगर्दा पूरै लडाइँ, क्रान्ति हारिने र केही पनि नरहने खतरा हुन्छ ।’

परिस्थितिको बाध्यतालाई पार्टीले नेतृत्वले र समुदायले पनि आत्मसात् गर्नुपर्ने जिकिर गर्दै प्रचण्डले सम्झौतावादी नभइकन सम्झौता गर्नुपर्ने अवस्था आइलागेको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव