2026-10-05 04:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दशैंलक्षित सस्ता बजारको तयारी सुरु

काठमाडौँ | जनकपुरधाममा प्रत्येक वर्षझै यस वर्ष पनि दशैँ बजार (सस्ता बजार) लाग्ने भएको छ । प्रत्येक वर्ष लाखौंको संख्यामा धनुषासहित आसपासका जिल्लाहरुबाट पनि उपभोक्ताहरु किनमेल गर्न आउने दशैँ बजार (सस्ता बजार)लाई व्यवस्थित अझः आकर्षक बनाउने उद्देश्यले बुधबार जनकपुरधाम उद्योग वाणिज्य संघमा सरोकारवाला पक्षहरुबीच छलफल भएको छ ।

छलफलमा बजारको अनुगमन, बजारमा उपलब्ध गराइने सामानहरुको गुणस्तर परीक्षण, सुरक्षा व्यवस्था लगायतका विषयमा छलफल गरिएको छ । साथै प्रत्येक वर्ष भन्दा केही नौलोपन ल्याउनेमा जोड दिइएको छ । त्यसका लागि स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिन सहभागीहरुले जोड दिएका छन् ।

छलफलमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले ४० वर्ष देखि निरन्तर लाग्दै आएको सस्ता बजारमा यस वर्ष थप व्यवस्थित र यस क्षेत्रबाट उत्पादन हुने साबुन, अगरबत्ति, डिटरजेन्ट पाउडर, खाद्य पदार्थ लगायतका उत्पादनहरु किनबेचका लागि राखिने जानकारी दिए । अध्यक्ष भण्डारीले असोज ६ गते घटस्थापनाकै दिनदेखि जनकपुरधामस्थित गोपाल धर्मशालामा दशैँ बजार (सस्ता बजार) लाग्ने बताए । छलफलमा आगामी दिनमा जनकपुरधाममा रात्रिकालिन बजार लगाउने बारे वातावरण मिलाउन सम्बन्धीत निकायहरुसंग पहल अगाडि बढाउने बारे चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर