2026-10-05 04:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बाढीपहिरो, महँगी, भ्रष्टाचार, उखु किसानलगायतका मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद अब्दूल खाँनले परनिर्भरता भन्दा पनि देशलाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुन राजनीतिक दल तथा दलका नेताहरुलाई अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “बाह्य देशबाट आयातित वस्तुको कारणले गर्दा नेपाली उत्पादनकर्ता समस्यामा परिरहेका छन्, अहिले केरा उत्पादनकर्ता किसानाले भारतीय बजारबाट आएको केरा बेच्नु परेको छ, त्यसैले सबैभन्दा पहिला हामी आत्मनिर्भर बन्न जरुरी छ ।”

सांसद अम्मरबहादुर थापाले दैलेख जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण घर भत्किँदा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अमरबहादुर रायमाझीले भन्नुभयो, “सरकारले असोज १ गतेदेखि अनिवार्य रुपमा लागू गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्बन्धमा आम नागरिकको गुनासो आइरहेको छ, यसको पर्याप्त मात्रामा तयार भएको छैन ।”

सांसद अर्जुननरसिंह केसीले उखु किसानको भुक्तानी, सरकारी अनुदान कटौती, कम मूल्य, मलखातको अभाव लगायतका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद आस्माकुमारी चौधरीले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या जतिसक्दो चाँडो समाधान गर्नुपर्ने माग गर्नुभयो । सांसद ईश्वरीदेवी न्यौपानेले सरकारले निजी विद्यालयलाई नियमन गर्नेभन्दा पनि सरकारी विद्यालयको शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरु सांसद ईश्वरी घर्ती, उर्मिला माझी, उदयशमशेर जबरा, ईश्वरबहादुर रिजाल, कान्तिका सेजुवाल, एकनाथ ढकाल, कृष्णकुमार श्रेष्ठ, डा अमरेशकुमार सिंह, कुसुमदेवी थापा, गङ्गाप्रसाद यादव, डा चन्द्रकान्त भण्डारी, चन्द्रबहादुर विश्वकर्मा, ज्वालाकुमारी साह, कालुराम राई, अमृतादेवी अग्रहरि, जुलीकुमारी महतो, अमनलाल मोदी र अच्युतप्रसाद मैनालीले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर