2026-10-05 02:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव बेचविखन सम्बन्धि अपराधलाई जरैदेखि उन्मुलन गर्न आवश्यक

काठमाडौँ | उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मानव बेचविखन तथा ओसारप्रसार कार्यलाई नियन्त्रण गरी प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व रहेको बताएका छन् । शुक्रबार मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवस मूल समारोहमा बोल्दै उनले मानव बेचविखन विरुद्धको कार्य मौलिक हक भएको भन्दै प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालको विद्यमान संविधानले कसैलेपनि बेचविखन गर्न, दास बनाउन पाइने छैन भनि मानव बेचविखन विरुद्धको कार्यलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । मानव बेचविखन तथा ओसारप्रसार विश्वव्यापी सञ्जालका रुपमा फैलिएको अपराधजन्य कार्य हो । यस्तो कार्यलाई नियन्त्रण गरी पीडित तथा प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व हो ।’उनले अन्तर्राष्ट्रिय श्रम संगठन र अन्तर्राष्ट्रिय आप्रवासन श्रमसंगठनको अनुमान अनुसार विश्वमा पाँच करोड मानिसहरु आधुनिक दासताको जीवन बिताउन बाध्य भएको बताए ।

मन्त्री सिंहले वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण मानव बेचविखनका दलालहरुको लागि अवसर बन्न पुगेको पनि बताए । ‘गरिव, विपन्न मुलुकभित्र हुने आन्तरिक द्वन्द्व, जलवायु परिवर्तन, शिक्षा र रोजगारीका अवसरमा गिरावट आदीका कारण आधुनिक दासता र बेचविखनले प्रसय पाइरहेको अवस्था छ । वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण पनि श्रम र आप्रवासनसँग जोडिएको विषय मानव बेचविखनका दलालहरुको लागि उर्वन भूमि बन्न पुगेको छ,’ उनले भने । यस्तै, उक्त कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह (सुडी)ले मानव बेचविखनको अपराधलाई जरैदेखि उन्मुलन गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरु अनुमोदन गरी कार्यान्वयन गरिरहेको बताए ।

उनले भने, ‘मानव बेचविखनको अपराधलाई जरैदेखि उन्मुलन गर्न, पीडितलाई तत्काल न्याय दिलाउन र पिडकलाई कानूनी दायरामा ल्याउन सरकारले राष्ट्रिय कानूनको निर्माण तथा कार्यान्वयन र अन्तर्राष्ट्रिय महासंन्धी, आलेख, सम्झौताहरुलाई अनुमोदन गरी सोही बमोजिम कानून निमार्ण तथा परिमार्जन गर्न सस्थागत संयन्त्रको निमार्ण गरी कार्यान्वयन गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर