2026-09-13 11:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

माओवादी जुरूक्क उठे भने देशभर चुनाव जित्न सकिन्छ : पुष्पकमल दाहाल

काठमाडौँ | जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा गोरखा जिल्ला पालुङटारमा महान् सहिद सुरेश वाग्ले ‘वासु’,भिमसेन पोख्रेल ‘वैरागी’,विजय खनाल ‘दर्शन’ र हरिकला पौडेलको स्मृतिमा सभा तथा जनसम्वाद कार्यक्रम सम्पन्न भएको छ । जनयुद्धको क्रममा गोरखा जिल्लामात्रै १८८ भन्दा बढीले सहादत प्राप्त गरेका थिए भने २० जना बेपत्ता पारिएका थिए। स्मृति सभामा जनजागरण अभियान टिम,गण्डकी प्रदेशका नेताहरू,स्थानीय नेता,कार्यकर्ता तथा ठूलो संख्यामा आम जनसहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदहरूको योगदान स्मरण गर्दै उनीहरूका अपूर्ण सपना पूरा गर्ने संकल्प व्यक्त गरे। उनले सहिद सुरेश वाग्ले ‘वासु’जस्तो उच्च क्षमताका नेताको हत्या पार्टीका लागि ठूलो पीडा भएको उल्लेख गर्दै भाद्र २३ गतेलाई ऐतिहासिक दिनका रूपमा स्मरण गरे। प्रचण्डले भने,’यो देशमा उत्पीडित वर्ग,लिङ्ग र समुदायका नागरिकले पाएको अधिकार सहिदहरूको योगदानकै कारण सम्भव भएको हो। तिनै सहिदहरूको त्यागलाई सम्मान गर्दै तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने काम सम्पन्न भयो। सत्य निरूपण तथा बेपत्ता आयोग गठन,सहिद परिवारलाई आर्थिक सहयोगका लागि कोष स्थापना,परिवारका सदस्यलाई रोजगारी दिने, र विभिन्न क्षेत्रमा विशेष सुविधा दिने व्यवस्था गरिएको छ।’

उनले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानबारे अनुभव बाँड्दै जनतासँग प्रत्यक्ष संवाद यस अभियानको प्रमुख उपलब्धि भएको बताए। लम्जुङदेखि गोरखासम्म देखिएको जनसहभागिताले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो। अध्यक्ष प्रचण्डले पालुङटारमा औद्योगिक क्षेत्र स्थापनाका लागि चीनसँग भएको सहमतिको स्मरण गर्दै त्यसलाई अगाडि बढाउने प्रतिबद्धता जनाए। साथै,सुशासन,सामाजिक न्याय,नागरिकता समस्या समाधान,मिटरव्याज पीडितलाई न्याय दिने पहल,नागरिकलाई सामाजिक सुरक्षामा समावेश गर्ने,सिमा समस्यामा कूटनीतिक पहल,भारत–चीनसँगको विद्युत् तथा व्यापारिक सहकार्य,कृषि क्षेत्रमा प्रविधि भित्र्याउने लगायतका उपलब्धिहरूलाई आफ्नो कार्यकालका ठोस कामका रूपमा प्रस्तुत गरे।

बुढीगण्डकी जलविद्युत आयोजना,धुले सडक पिच गर्ने,औद्योगिक पार्क निर्माणजस्ता योजनामा स्रोत सुनिश्चित गरी काम अघि बढाइने अध्यक्ष प्रचण्डले स्पष्ट पारे। उनले भने,’गोरखा ऐतिहासिक जिल्ला हो। अबको गोरखा अझ राम्रो गर्ने क्षमता राख्छ। माओवादी जुरुक्कै उठे क्लिन सुइप गर्ने गरी चुनाव जित्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले