2026-09-08 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“बाबुरामजीको पार्टीसँग तालमेल हुदैन” : प्रचण्ड

असोज ४, काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले बुधवार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्ति पार्टीसँग कुनै हालतमा तालमेल हुन नसक्ने बताएका छन् ।

निर्वाचनको तयारीका लागि कार्यकर्तालाइ प्रशिक्षण दिन आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले उक्त पार्टी संग तालमेल नहुने बताय । 

‘स्थानीय तहको चुनावमा हामीलाई सहज हुने गरी बिभिन्न पार्टीसँग तालमेल गर्‍यौ,’ प्रचण्डले भने, ‘अबको चुनावमा पनि सहज हुने हिसावले तालमेल हुन्छ, तर बाबुरामजीको पार्टीसँग भने तालमेल हुदैन” ।

पार्टी एकताका लागि भट्टराइलाई बारम्वार आग्रह गरेपनि बेवास्था गरेको प्रचण्डले बताएका छन् । ‘मिल्नुपर्‍यो भनेर बाबुरामजीलाई भन्दा झन् परपर भाग्नुभयो,’ उनले भने । बाबुराम, बैद्य र विप्लव समूह माओवादी केन्द्रसंग अलग बस्नुको कुनै औचित्य नभएको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने बताए । स्थानीय तहको मतपरिणाम सन्तोषजनक नभएको भन्दै उनले अवको चुनावमा क्रान्तिकारी शक्तिलाई जिताउने गोरखाको परम्परा र बिरासत कायम हुनेमा बिश्वस्त रहेको बताए ।

निर्वाचनमा कसले कति सिट ल्यायो भन्नुभन्दा पनि निर्वाचन संबिधान कार्यान्वयनको संवेदनशील पक्ष भएकाले निर्वाचन सम्पन्न हुनु नै ठूलो उपलब्धी भएको उनको भनाइ छ । साथै उनले यही सरकारले चुनाव गराउने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता