2026-07-27 06:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निकै जतन गरी चलाएका सवारीसाधन खरानी भए’

काठमाडौँ | आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पर्वक रूपमा मानिन्छ । सिंहदरबारका सरकारी सवारी चालकहरू विगतका वर्षमा आजका दिन विश्वकर्मा पूजा गर्दै उत्साहका साथ यो पर्व मनाउँथे । यस वर्ष भने सिंहदरबारमा कुनै पूजाआरधना भएन । मात्रै जलेर खण्डहर भएका सवारीसाधन अलपत्र देखिए ।

जलेर अस्थिपञ्जर भएका सवारीसाधनको पहिचान गर्दै कागजमा टाँसेर फलनाको सवारी भन्दै नामकरण गरिएको छ । फुटेका सवारीलाई भने प्लास्टिकले छोपेर सुरक्षित राखिएको छ ।

सिंहदरबारभित्र जलेका सवारीसाधन देख्दा गृहमन्त्रालयका सवारी चालक राजाराम कोइरालाको मन अत्तालिन्छ । उहाँका अनुसार चालकका लागि सवारीसाधन मन्दिरजस्तै पवित्र हुन्छ । “आफूलाई चोट लागे खासै वास्ता हुँदैन तर, आफूले चलाउने सवारी खरानी हुँदा मन रुँदोरहेछ”, उहाँ भन्नुहुन्छ, “विश्वकर्मा पूजा गरिरहने बस फुटेर देख्नै नहुने भएको छ । पूजा कसरी गर्ने ?”

जेनजी प्रदर्शनको दोस्रो दिन सिंहदरबारमा आगलागी भयो भनेको सुनेपछि सामाजिक सञ्जालममा गृहमन्त्रालयका सवारीसाधन दन्दन्ती जलेको देखेर सवारी चालक कोइरालालाई आफूले चलाएको सवारीसाधनको तस्बिर आँखाभरि घुमिरह्यो । के भयो, कसो भायो ? थाहा नभएको भन्दै उहाँ मनमा कौतुहलता मात्र मच्चिएको बताउनुहुन्छ ।

“भोलिपल्ट बिहानै कफ्र्यु लागिरहेकै समयमा म सिंहदरबार पुगेँ, सवारीको अवस्था बुझ्न । मन्त्रालयको पार्किङमा पुग्दा थुप्रै गाडीहरू धन्किएका थिए । मैले कर्मचारी बोक्न चलाउने बस बने घाइते अवस्थामा थियो । सिसा फुटेर देख्न नसक्ने भएको रहेछ । तर, आगो लागेको थिएन । एउटा चालकका लागि सवारीसँगको सम्बन्ध नङ र मासुजस्तै घनिष्ठ हुन्छ । हाम्रा लागि सवारीसाधन मन्दिर हो भने, हामी उसका साधक हौँ”, चालक कोइराला भन्नुहुन्छ, “फुटेका सिसा फेरेर छिट्टै गुड्ने बनाउँछौँ ।”

विगतमा सिंहदरबारका सवारीचालकहरू मिलेर फूल, नरिवल, ध्वजा, धुप किनेर पूजाआरधना गर्थे । पूजा गर्ने र लड्डु खाएर उत्सव मनाउँथे । विश्वकर्मा पूजाको रौनकले सिंहदरबारका अरु कर्मचारीलाई पनि रमाइलो महसुस गराउँथ्यो । गृहमन्त्रालयका कर्मचारी केदार घिमिरेका अनुसार विश्वकर्मा पूजामा सिंहदबारका सबै सवारीसाधन सफा, चिटिक्क परेका हुन्थे । “अझ भनाैँ त्यो दिन सवारीसाधन बेहुलीजस्तै सजिएका हुन्थे”, उहाँ विगत सम्झिँदै थप्नुहुन्छ, “अहिले देख्नै नसक्ने गरी जलेका छन् । दुःख लागेको छ ।”

कानुन मन्त्रालयमा नौ वर्षदेखि सवारी चालकका रूपमा काम गर्दै आउनुभएका लीलाबहादुर बोगटी सवारीसाधन आफ्ना लागि जीवनकै महत्त्वपूर्ण पाटो रहेका बताउनुहुन्छ । उहाँका लागि सवारीसाधन रोजीरोटीको जोह गर्ने मुख्य आधार हो । सवारीसाधन र सवारी चालकबीच निकै संवेदनशील सम्बन्ध जोडिएको हुने उहाँको अनुभव छ ।

हिँड्दाहिँड्दै, गुड्दागुड्दै साथ नदिएको बेला के गर्ने ? बोगटी प्रश्न गर्दै भन्नुहुन्छ आफूले चलाउने सवारीको निकै माया लाग्ने रहेछ । सहसचिवको सवारी चलाउने उहाँ भन्नुहुन्छ, “सवारीसाधन कहिल्यै फोहोर बनाइन र कोरिएकोसमेत थिएन । यति माया र जतन गरेको सवारी अहिले फुटेर देख्नै नहुने भएको छ । अहिले मेरो मन पनि त्यही चकनाचुर सिसाजस्तै चर्किएको छ । त्यो सवारीसाधन मेरो लागि साथीजस्तै थियो ।”

सिंहदरबारभित्रका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मन्त्रालय र विभिन्न निकायका गरी ७५० मोटरसाइकल तथा स्कुटरसहित अन्य ३५० सवारीसाधन जलेर नष्ट हुनुका साथै क्षतिग्रस्त भएका छन् ।

यसैबीच, गृहमन्त्रालयले देशभर सवारीसाधन र कार्यालयमा भएका क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य सुरु गरेको मन्त्रालयका सहसूचना अधिकारी एवं उपसचिव रवीन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गृहमन्त्रालयमा अधिकांश सवारीसाधन जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली