2026-09-13 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेनजी आन्दोलनको आडमा राजनीतिक उपलब्धि मेटाउने प्रयास भइरहेको छ : प्रकाशमान सिंह

काठमाडौँ | नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जेन जी आन्दोलनको आडमा राजनीतिक दलहरूले ल्याएका उपलब्धिहरूलाई अवमूल्यन गर्ने र त्यसलाई केही होइन भन्ने भाष्य सिर्जना गर्ने दुष्प्रयास भइरहेको बताएका छन् । गणेशमान सिंहको २८ औं पुण्यतिथिमा बिहीबार आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्राप्त गरिएका अधिकारहरूलाई सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्ने जिम्मेवारी रहेको बताए । जेन जीको प्रदर्शनको आडमा विराटनगरस्थित कोइराला निवास, काठमाडौँको चाक्सीबारीस्थित कृष्णप्रसाद भट्टराईको आश्रम, सिंहदरबार र संसद भवनलगायतका सरकारी सम्पत्तिमा आगजनी गरिएको भन्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने माग उनले राखे । लोकतन्त्रमाथि खेल्ने काम नगर्न पनि उनले चेतावनी दिए । यसमा सरकार र राजनीतिक दलहरू सतर्क हुनुपर्ने उनको भनाइ छ ।

नेता सिंहले भने, ‘हाम्रो जिम्मेवारी प्राप्त गरेका अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्छ । अहिलेको वर्तमान परिस्थितिमा जुन अब जेन जीको प्रदर्शन भयो । सबै भयो । अब यो आन्दोलन भयो, तर विराटनगरमा कोइराला निवास जल्ने, काठमाडौंमा चाक्सीबारी जल्ने, कृष्णप्रसाद भट्टराईजीको आश्रम जल्ने, यसले के देखाएको छ भने जेन जीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रीब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको छ । यसमा राम्रोसँग छानबिन गरेर यो अनडेमोक्रेटिक प्रोसेसहरू जसले यहाँ खेल्न प्रयास गरिरहेका छन्, त्यसमा सरकार अलर्ट हुनुपर्छ ।’

नेता सिंहले लोकतान्त्रिक पद्धतिमा जनताले चित्त नबुझाएका कुराहरू सुधार गरेर राजनीतिक दलहरू अघि बढ्नुपर्ने बताए । अहिलेको परिस्थितिबाट देशलाई माथि उकास्न अबका दिनमा नेपाली काँग्रेसले नेतृत्व लिएर अघि बढ्ने उनले बताए । जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने सन्देश अहिलेको आन्दोलनले दिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन