९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजविराजको वडा नं १५ मा मतदान शुरु

५ आश्विन २०७४, बिहीबार ०३:४८

असोज ५, सप्तरी । सप्तरीको राजविराज नगरपालिका वडा नं १५ मा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन शुरु भएको छ । 

उक्त वडामा भदौ ३१ गते राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि स्थगित भएको निर्वाचन आज भएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ । 

विशेष सुरक्षाका साथ दुईवटा मतदान केन्द्रमा अहिले मतदान भइरहेको बताइएको छ । त्यहाँ एक हजार ६३९ मतदाता रहेका छन् । 

यादवको मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार वडा नं १५ मा राजपा, नेपालका तर्फबाट वडाध्यक्ष पदका लागि जशकरण मण्डलले असोज ३ गते आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो । 

यसअघि असोज २ गते राजविराज नगरपालिकाको १५ वडाबाहेक अन्य वडामा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।. 

सो वडा नं १५ मा आज बिहान ७ देखि साँझ ५ बजेसम्म निर्वाचन हुने निर्वाचन अधिकृत महेशकुमार ठाकुरले जानकारी दिनुभयो । 

यसैबीच, सम्पन्न भएका वडाहरुको मतपेटिका जिल्ला खेलकुद विकास समितको हलमा कडा सुरक्षाका साथ राखिएको र वडा नं १५ को मतदान सकिएपछि राजविराज नगरपालिकाको मतगणना आजैदेखि शुरु हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता