2026-10-04 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा विघटन नगरी संसदबाटै समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो : सभामुख घिमिरे

काठमाडौँ | सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । नयाँ वानेश्वरमा रहेको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको संसद् भवन अवलोकनका क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा सभामुख घिमिरेलेले सो कुरा बताएका हुन् ।

सभामुख घिमिरेले भने– ‘प्रतिनिधिसभा विघटन नगरी संसदबाटै समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो ।’ जेनजीको आन्दोलनमा घटेका घटना ज्यादै दुःखद रहेका सभामुख घिमिरेले बताए । अब अहिलेको परिस्थितिबाट उठेर ठिक ढङ्गबाट अगाडि जानु सबैको दायित्व रहेको घिमिरेले बताए ।

अन्तरिम सरकारले अहिले देखिएका समस्या समाधान गरी अगाडि बढ्नुपर्ने बताए । सभामुख घिमिरेले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको बताए । यस घटनाको समीक्षा गरेर देशलाई उठाउनका लागि आम मान्छे, आम जनता, आम क्षेत्र सबै लाग्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर