2026-10-04 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपालाई तत्काल रूपान्तरण गर्नुपर्छ : डा.तोसिमा कार्की

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा.तोसिमा कार्कीले पार्टीलाई तत्काल रूपान्तरण गर्नुपर्ने बताएकी छन्। उनले पार्टीलाई जनताले ठूलो आशा र भरोसाका साथ हेरेको भए पनि पछिल्ला घटनाक्रमका कारण केही प्रश्न उठ्न थालेको भन्दै संगठनलाई पुनःमूल्यांकन र पुनर्संरचना गर्नुपर्नेमा जोड दिएकी हुन् । संस्थापक सभापतिमार्फत कार्यवाहक सभापतिलाई सम्बोधन गर्दै कार्कीले पेस गरेको पत्रमा रास्वपालाई ‘नयाँ नेपाल निर्माण गर्ने यात्रामा मुख्य शक्ति’ बनाउन तत्काल सुधारका कदम चाल्नुपर्ने धारणा राखेकी छन्।

उनले भनेकी छन्, ‘जेनजी मात्रै होइन, जेन अल्फासहित सबै पुस्ता, सबै जातजाति, भाषा, भौगोलिक क्षेत्रका बासिन्दा र वर्गका पीडा तथा अपेक्षालाई सम्बोधन नगरी राष्ट्रलाई अघि बढाउन सकिँदैन।’डा.कार्कीले जेनजीको आह्वानमा भएको तेस्रो जनआन्दोलनले नेपाललाई पुरानै अवस्थामा रहन नदिएको उल्लेख गर्दै राजनीतिक दलहरूले पनि पुरानो सोच चिर्दै सुधारात्मक परिवर्तनको बाटो लिनुपर्नेमा जोड दिएकी छन्।

उनको भनाइमा देशको वर्तमान र भविष्यलाई नेतृत्व दिन सक्ने राजनीतिक शक्ति निर्माण आजको अपरिहार्य आवश्यकता हो। त्यसका लागि पार्टी नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम सबै आयाममा पुनरावलोकन र पुनर्संरचना गरेर मध्यममार्गी राजनीतिक शक्ति निर्माणको उपयुक्त समय यही हो। डा.कार्कीले पार्टीभित्रै अर्थपूर्ण रुपान्तरणको प्रक्रिया तत्काल सुरु गर्न माग गरेकी छन्। साथै, अन्य राजनीतिक दल, विचार समूह र स्वतन्त्र व्यक्तिहरूसँग वार्ता गरी जेनजी आन्दोलनले उठाएका आकांक्षालाई संस्थागत गर्ने राजनीतिक शक्ति निर्माणमा रास्वपाले अग्रसर हुनुपर्नेमा जोड दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर