२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘फिच’ को ऋण रेटिङ वृद्धि इटालीको आर्थिक नीति सफलताको प्रमाण : प्रधानमन्त्री मेलोनी

४ आश्विन २०८२, शनिबार १४:१५

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अन्तर्राष्ट्रिय ऋण मूल्याङ्कन संस्था ‘फिच’ ले देशको ऋण रेटिङ उक्लाएको घटनालाई आफ्नो सरकारको आर्थिक अनुशासन र कडाइयुक्त नीति सफल भएको सङ्केतका रूपमा स्वागत गर्नुभएको छ ।

‘फिच’ रेटिङ्स एउटा अन्तर्राष्ट्रिय संस्था हो जसले देश, कम्पनी र वित्तीय निकायहरूको आर्थिक स्थिरता र ऋण तिर्ने क्षमताको मूल्याङ्कन गर्छ । यसले दिने मूल्याङ्कनलाई क्रेडिट रेटिङ भनिन्छ।

विश्वमा फिच रेटिङ्सलाई मूडीज र स्ट्यान्डर्ड एन्ड पूअर्ससँगै सबैभन्दा ठूलो र प्रतिष्ठित क्रेडिट रेटिङ एजेन्सीमध्ये एक मानिन्छ ।
फिचले इटालीको ऋण रेटिङलाई ‘बिबीबी’ बाट ‘बिबीबी प्लस’ मा उकास्दै आगामी दिनका लागि स्थिर रहेको मूल्याङ्कन गरेको छ । संस्थाले यस निर्णयमा इटालीको आर्थिक मार्गप्रतिको विश्वसनीयता र सरकारको प्रतिबद्धतालाई महत्त्वपूर्ण रूपमा लिएको जनाएको छ ।
प्रधानमन्त्री मेलोनीले भन्नुभयो,“फिचबाट प्राप्त यो मान्यता हाम्रो सरकारले अघि सारेको आर्थिक नीति सही दिशामा रहेको पुष्टि हो ।”
यसअघि, इटालीले आफ्नो सार्वजनिक खर्च घाटा ७.२ प्रतिशतबाट घटाएर ३.४ प्रतिशतमा ल्याउन सफल भएको तथ्याङ्कले पनि आर्थिक अनुशासनमा प्रगति देखाएको छ ।
फिचले राजनीतिक स्थिरता र आर्थिक नीतिहरूमा विश्वसनीयता पनि यो सुधारको मुख्य कारण भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री मेलोनीले थप भन्नुभयो, “राजनीतिक स्थिरता, विश्वासिलो नीति र रोजगारी सिर्जना गर्ने क्षेत्रहरूलाई समर्थन गर्दा राम्रो नतिजा आउनु स्वाभाविक हो । यी उपलब्धिहरू हामीले मात्र होइन, अन्तर्राष्ट्रिय बजारले पनि विश्वास गरेको छ ।”
इटालीका अर्थमन्त्री जियानकार्लो जिओर्जेटीले पनि ‘हामीले देशलाई सही बाटोमा डो¥याउन सफल भएका छौं’ भनी आफूहरूको प्रतिबद्धता दोहोर्याउनुभयो ।

तर, आर्थिक वृद्धिदर सन् २०२३ र २०२४ मा अपेक्षाअनुसार पुगेको छैन र ०.७ प्रतिशतमा सीमित रहेको तथ्याङ्क छ ।
त्यसैगरी, इटालीको ऋण भार उच्च छ, जसले दीर्घकालीन आर्थिक विकासमा चुनौतीहरू कायम राखेको छ । यद्यपि, सरकारले सुधारका लागि निरन्तर प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव