२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘फिच’ को ऋण रेटिङ वृद्धि इटालीको आर्थिक नीति सफलताको प्रमाण : प्रधानमन्त्री मेलोनी

२०८२, ४ आश्विन शनिबार १४:१५

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अन्तर्राष्ट्रिय ऋण मूल्याङ्कन संस्था ‘फिच’ ले देशको ऋण रेटिङ उक्लाएको घटनालाई आफ्नो सरकारको आर्थिक अनुशासन र कडाइयुक्त नीति सफल भएको सङ्केतका रूपमा स्वागत गर्नुभएको छ ।

‘फिच’ रेटिङ्स एउटा अन्तर्राष्ट्रिय संस्था हो जसले देश, कम्पनी र वित्तीय निकायहरूको आर्थिक स्थिरता र ऋण तिर्ने क्षमताको मूल्याङ्कन गर्छ । यसले दिने मूल्याङ्कनलाई क्रेडिट रेटिङ भनिन्छ।

विश्वमा फिच रेटिङ्सलाई मूडीज र स्ट्यान्डर्ड एन्ड पूअर्ससँगै सबैभन्दा ठूलो र प्रतिष्ठित क्रेडिट रेटिङ एजेन्सीमध्ये एक मानिन्छ ।
फिचले इटालीको ऋण रेटिङलाई ‘बिबीबी’ बाट ‘बिबीबी प्लस’ मा उकास्दै आगामी दिनका लागि स्थिर रहेको मूल्याङ्कन गरेको छ । संस्थाले यस निर्णयमा इटालीको आर्थिक मार्गप्रतिको विश्वसनीयता र सरकारको प्रतिबद्धतालाई महत्त्वपूर्ण रूपमा लिएको जनाएको छ ।
प्रधानमन्त्री मेलोनीले भन्नुभयो,“फिचबाट प्राप्त यो मान्यता हाम्रो सरकारले अघि सारेको आर्थिक नीति सही दिशामा रहेको पुष्टि हो ।”
यसअघि, इटालीले आफ्नो सार्वजनिक खर्च घाटा ७.२ प्रतिशतबाट घटाएर ३.४ प्रतिशतमा ल्याउन सफल भएको तथ्याङ्कले पनि आर्थिक अनुशासनमा प्रगति देखाएको छ ।
फिचले राजनीतिक स्थिरता र आर्थिक नीतिहरूमा विश्वसनीयता पनि यो सुधारको मुख्य कारण भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री मेलोनीले थप भन्नुभयो, “राजनीतिक स्थिरता, विश्वासिलो नीति र रोजगारी सिर्जना गर्ने क्षेत्रहरूलाई समर्थन गर्दा राम्रो नतिजा आउनु स्वाभाविक हो । यी उपलब्धिहरू हामीले मात्र होइन, अन्तर्राष्ट्रिय बजारले पनि विश्वास गरेको छ ।”
इटालीका अर्थमन्त्री जियानकार्लो जिओर्जेटीले पनि ‘हामीले देशलाई सही बाटोमा डो¥याउन सफल भएका छौं’ भनी आफूहरूको प्रतिबद्धता दोहोर्याउनुभयो ।

तर, आर्थिक वृद्धिदर सन् २०२३ र २०२४ मा अपेक्षाअनुसार पुगेको छैन र ०.७ प्रतिशतमा सीमित रहेको तथ्याङ्क छ ।
त्यसैगरी, इटालीको ऋण भार उच्च छ, जसले दीर्घकालीन आर्थिक विकासमा चुनौतीहरू कायम राखेको छ । यद्यपि, सरकारले सुधारका लागि निरन्तर प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी