२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ह्वाइट हाउसद्वारा मदुरोको वार्ता प्रस्ताव अस्वीकार

२०८२, ७ आश्विन मंगलवार १४:३१

ह्वाइट हाउसले सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न गरेको अनुरोध अस्वीकार गरेको छ । मदुरोले दुई कट्टर शत्रुबीच तनाव कम गर्न संवाद प्रस्ताव गर्नुभएको थियो ।

भेनेजुएलाका दुई प्रमुख विपक्षी नेताहरूले अमेरिकाको नौसैनिक तैनाथीलाई समर्थन गर्दै यसलाई लोकतन्त्र पुनःस्थापनाका लागि महत्त्वपूर्ण भनेका छन् ।

ट्रम्पले दक्षिणी क्यारिबियनमा लागुऔषध विरोधी कारबाहीका लागि आठ युद्धपोत र एउटा पनडुब्बी पठाउनुभएको छ । भेनेजुएलाले यसलाई सम्भावित आक्रमणको सङ्केतका रूपमा लिएको छ ।

अमेरिकी सेनाले हालै तीनवटा सन्दिग्ध लागुऔषध डुङ्गा नष्ट गरेको छ, जसमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ ।

भेनेजुएला सरकारले आइतबार मदुरोले ट्रम्पलाई पठाएको पत्र सार्वजनिक गरेको थियो । पत्रमा मदुरोले लागुऔषध कार्टेलसँग संलग्न भएको अमेरिकी आरोपलाई ‘पूर्णतया झुटो’ भन्दै अस्वीकार गर्नुभएको थियो र ट्रम्पलाई ‘शान्ति कायम राख्न’ आग्रह गर्नुभएको थियो ।

तर ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रमा ‘धेरै झुटहरू’ भएको बताउनुभयो । उहाँले अमेरिकाको नीति परिवर्तन नभएको र मदुरो शासनलाई अझै ‘अवैध’ मानिएको स्पष्ट पार्नुभयो ।

यो तैनाथी क्यारिबियन क्षेत्रमा वर्षौंयताकै सबैभन्दा ठूलो हो । मदुरोले ट्रम्पलाई शासन परिवर्तन प्रयासको दोषारोप गर्दै यो पहिलो पत्र भए पनि थप पठाउने बताउनुभयो । उहाँले आफ्नो साप्ताहिक टेलिभिजन कार्यक्रममा ‘भेनेजुएलाको सत्यको रक्षा’ गर्ने सङ्कल्प व्यक्त गर्नुभयो ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले अमेरिकामाथि ‘अघोषित युद्ध’ चलाएको आरोप लगाउँदै लागुऔषध डुङ्गामा सवारहरूलाई ‘रक्षाको अधिकार बिना मृत्युदण्ड दिइएको’ दाबी गर्नुभयो । नगद सङ्कटमा परेको भेनेजुएलामा हजारौँ नागरिक मिलिसियामा सामेल भइरहेका छन् ।

केही भेनेजुएलालीहरूले भने अमेरिकी कदमको स्वागत गर्दै मदुरोको पतन छिटो हुने अपेक्षा राखेका छन् । निर्वासित विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियाले सैन्य तैनाथीलाई ‘आपराधिक संरचना ध्वस्त पार्न आवश्यक’ भन्नुभयो ।

विपक्षी नेत्री मारिया कोरिना मचाडोले पनि यसलाई समर्थन गर्दै भेनेजुएलाका गिरोहहरू अमेरिकाको ‘सुरक्षा र स्थिरतामा बढ्दो खतरा’ भएको बताउनुभयो ।

तर अर्का विपक्षी व्यक्तित्व हेनरिक क्याप्रिल्सले अमेरिकी हस्तक्षेपको विरोध गर्दै ‘समाधान सैन्य होइन, राजनीतिक हो’ भन्नुभयो । उहाँका अनुसार ट्रम्पका कदमहरूले उल्टै सत्तामा रहेकाहरूलाई बल पुर्‍याउने छन् ।

गत वर्ष मदुरोको विवादास्पद पुनःनिर्वाचनपछि हिंसात्मक प्रदर्शनमा दुई दर्जनभन्दा बढी मारिएका र सयौँ पक्राउ परेका थिए ।

विपक्षीहरूले नतिजाले मचाडोलाई प्रतिबन्ध लगाइएपछि उम्मेदवार बनेका गोन्जालेज उरुटियाले वास्तविक रूपमा जितेको दाबी गरेका छन् । गिरफ्तारीको डरले उहाँ स्पेनतर्फ भाग्नुभयो भने मचाडो अझै भेनेजुएलामै लुकेर बस्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी