2026-07-26 01:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारमन्त्री खरेलद्वारा जनेजी प्रदर्शनका घाइतेसँग भेट

काठमाडौँ | सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले जेनजी प्रदर्शनका घाइतेहरुसँग भेट गर्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते र उहाँहरुका अभिभावकसँग मन्त्री खरेलले आज भेट गर्नुभएको हो ।

अस्पतालमा पुगरे घाइतेहरुको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै उपचारमा कुनै कसूर बाँकी नराख्न उहाँले आग्रह गर्नुभयो । घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उहाँले घाइतेहरुका पक्षमा भविष्यमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । मन्त्री खरेलले जेनजी प्रदर्शनको जगमा बनेको सरकारले सहिद र घाइतेहरुको मागअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“अहिलेको हाम्रो प्राथमिकता घाइते हुनुभएका सबै जना छिटो निको भई घर फर्किनुहोस भन्ने हो । त्यसपछि सहिद र घाइतेका पक्षमा भविष्यमा केके गर्न सकिन्छ, हामी सोच्दैछौँ”, मन्त्री खरेलले भन्नुभयो, “हामी सबै मन्त्रीहरु एकै पटक आएका छैनौँ । फरक फरक समयमा आएर घाइतेहरुको अवस्था बुझिरहेका छौँ । यसो गर्दा घाइतेहरुको पछिल्लो अवस्थाबारे जानकारी लिनसँगै मन्त्रिपरिषद्मा यस विषयमा खबर पुर्याउने हाम्रो उद्देश्य हो ।”

आफूहरुलाई भेट्न अस्पतालको शय्यासम्म आइपुग्नु भएका मन्त्री समक्ष घाइतेहरुले सबै जनेजीको योगदानलाई स्मरण गर्दै मागहरुको कार्यान्वयन गर्न सुझाव दिएका छन् । जेनजी प्रदर्शनमा घाइते हुनुभएका रवि भण्डारीले जेनजीको बलिदानलाई नबिर्सिन आग्रह गर्नुभयो ।

“आन्दोलनमा सहादत प्राप्त गर्नेहरुको योगदानलाई खेर जान नदिन देशलाई निकास दिनुप-यो”, सिन्धुलीका २९ वर्षीय भण्डारीले मन्त्री खरेलसमक्ष भन्नुभयो, “म परिवारको जेठो छोरो हुँ । मैले पठाओे गरेर परिवारको जिम्मेवारी सम्हाल्दै आएको थिएँ । अहिले म अस्पतालको शय्यामा छु । मेरो भविष्यसँगै परिवारको आर्थिक अवस्था धराशयी भएको छ ।”

सोही अस्पतालमा उपचाररत १८ वर्षीय सुनिल थापाकी आमा कुसुदेवी थापाले घाइतेको पक्षमा सरकारबाट सहयोगको अपेक्षा राख्नुभयो । “जापान जाने तयारीमा थियो छोरो । अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा छ”, आमा कुसुदेवीले भन्नुभयो, “छोरोलाई हिँड्नसक्ने बनाइदिनुप-यो । घाइतेहरुका लागि सरकारले केही गर्दिनुप-यो ।”

जेनजी प्रदर्शनमा घाइते भई अस्पताल पुगेका दुई हजार ३१६ जनामध्ये उपचार पश्चात दुई हजार २१२ जना घर फर्किसकेका छन् । बाँकी घाइतेहरु विभिन्न १८ अस्पतालमा उपचाररत छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार उपचाररत घाइतेहरुको सङ्ख्या ५६ रहेको छ । त्रिवि शिक्षण अस्पतालमा मात्रै हाल सात घाइते उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ