२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलाडीका नाममा हुलाक टिकट प्रकाशन

२०८२, २३ आश्विन बिहीबार १६:५४

काठमाडौँ | हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ ।

उक्त हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रममा टाँचा लगाउनुभयो ।

विश्व हुलाक दिवस २०२५ का अवसरमा आइसीसी पुरुष विश्वकप र आईसीसी महिला यु–१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीको तस्वीर अङ्कित हुलाक टिकटमा टाँचा लगाउनुका साथै प्रदर्शनी गरेको हो ।

खेलकुदको माध्यमबाट अन्तरराष्ट्रिय कुटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली क्रिकेट खेलाडीको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको विभागले जनाएको छ । विभागले २०८१ चैत्र १७ गतेको निर्णयअनुसार रु १० दरको पाँच लाखप्रति हुलाक टिकट प्रकाशन गरेको हो ।

नेपाल सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा भएको नवौँ सस्करणको विश्वकपमा सहभागी भएको थियो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हँुदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो । त्यसैगरी महिला क्रिकेटको उमेरसमुह अन्तरगत यु–१९ विश्वकप क्रिकेटमा नेपाली टिमले खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ