2026-10-04 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कीर्तिपुरस्थित क्रिकेट मैदान स्तरोन्नतिको पहिलो चरण अन्तिम चरणमा

काठमाडौँ | सहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । मन्त्री घिसिङले आज स्थलगत निरीक्षणपछि स्तरोन्नतिको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो ।
उहाँका अनुसार मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा पुगेको छ । साथै छ वटा फ्लडलाइट जडान एक महिनाभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीले  प्रतिबद्धता जनाएको छ । “पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । फ्लडलाइट राख्ने काम सकिएको छ,” मन्त्री घिसिङले भन्नुभयो “नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुनुअघि पहिलो चरणको काम पूरा गरी झण्डै १२ हजार दर्शक अटाउन सक्ने गरी तयार हुनेछ ।”
उहाँका अनुसार दोस्रो चरणको काम सम्पन्न भएपछि मैदानमा करिब ३० हजार दर्शक बस्न सक्ने क्षमता हुनेछ  । “यो देशको महत्वपूर्ण क्रिकेट मैदान हो, अब दोस्रो र तेस्रो चरणको कामलाई पनि अगाडि बढाउने गरी डिजाइन सकिएको छ,” मन्त्री घिसिङले भन्नुभयो ।
उहाँले परियोजनाको बजेट सुनिश्चिताका विषयमा समेत सरकार गम्भीर रहेको जनाउँदै खेल क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । “राष्ट्रिय महत्वका खेललाई अगाडि बढाउन सरकार प्रतिबद्ध छ,” उहाँले भन्नुभयो, “मैदानको स्तरोन्नतिलाई सबैले महत्वका साथ हेर्नुभएको छ । समयमै काम सम्पन्न गरी छिटो हस्तान्तरण गर्न म निर्माण कम्पनीलाई पनि आग्रह गर्दछु ।”
मन्त्री घिसिङले ठेकेदार र सम्बन्धित निकायलाई कार्य तीव्र बनाउन आह्वान गर्दै त्रिवि क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार आधुनिक बनाउन दुई चरणमा काम भइरहेको जानरकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर