2026-10-04 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वास’ क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि समझदारी

काठमाडौँ | खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि दुई प्रमुख संस्थाबीच आपसी सहकार्यको औपचारिक थालनी सुरु भएको छ ।

राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र तथा वातावरण र जनस्वास्थ्य संस्थाबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा केन्द्रका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठ र एन्फोका कार्यकारी निर्देशक भावना शर्माले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार दुवै संस्था खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा सुरक्षित रूपमा व्यवस्थापित सेवा प्रणालीको प्रवर्द्धन गर्न संयुक्त रुपमा काम गर्ने र यसअन्तर्गत मानव मलमूत्र व्यवस्थापन, फोहर पानी व्यवस्थापन, ठोस फोहर व्यवस्थापन र नगरव्यापी समावेशी सरसफाइसम्बन्धी कार्यक्रममा साझा पहल गरिने उल्लेख गरिएको केन्द्रका प्रमुख एवं इञ्जिनियर श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो समझदारीले दुवै पक्षबीचको सहकार्यलाई औपचारिकता दिनेमात्र होइन, नेपालमा सुरक्षित रूपमा व्यवस्थापित खानेपानी तथा सरसफाइ प्रणाली सुदृढ गर्न ज्ञान व्यवस्थापन, क्षमता विकास र प्राविधिक सहकार्यको दिगो ढाँचा निर्माण गर्न टेवा पु¥याउनेछ ।”

केन्द्रले वास क्षेत्रमा संलग्न सरोकारवालाको सीप तथा दक्षता अभिवृद्धि गरी दक्ष जनशक्ति उत्पादन गर्ने दीर्घकालीन लक्ष्य राखेको केन्द्रले जनाएको छ । यसै सन्दर्भमा एन्फोसँगको सहकार्यद्वारा तालिम सामग्रीको विकास, भर्चुअल तालिम सुविधा विस्तार तथा अनलाइन लर्निङ म्यानेजमेन्ट सिस्टमका माध्यमबाट ज्ञान आदानप्रदानको कार्य अघि बढाइने जनाइएको छ ।

एन्फोले वास क्षेत्रमा प्रयोग हुने तालिम सामग्री तथा अन्य ज्ञान उत्पादन विकास गरी समीक्षाका लागि केन्द्रसँग साझेदारी गर्ने तथा सामग्रीको परीक्षण तथा परिमार्जनपछि ती अन्ततः केन्द्रको संस्थागत सम्पत्तिका रूपमा हस्तान्तरण गरिने भएका छन् ।

साथै एन्फोले राष्ट्रियस्तरको वास रिपोजिटरी निर्माण गर्ने र सोमार्फत देशभरका सरोकारवालाका लागि वाससम्बन्धी स्रोत तथा जानकारी सार्वजनिक रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । ती सामग्री केन्द्रको आधिकारिक डोमेनमार्फत प्रवाह गरिनेछ ।

केन्द्रले आफ्नै परिसरमा भर्चुअल तालिम सञ्चालनका लागि पूर्वाधार तयार गर्ने र आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने तथा यसअन्तर्गत एन्फोले विकास गरेका तालिम सामग्री तथा अन्य ज्ञान उत्पादनलाई अनुमोदन गरी वार्षिक तालिम कार्यक्रममा समावेश गरिने केन्द्र प्रमुख तथा इञ्जिनियर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यो पहलले दूरदराजका क्षेत्रमा रहेका वास क्षेत्रका पेशेवर तथा सेवाप्रदायकलाई तालिम तथा क्षमता विकासको अवसर पु¥याउने अपेक्षा गरिएको छ ।”

सम्झौताअनुसार दुवै संस्थाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा क्षमता विकास कार्यक्रम, अनुसन्धान र सिकाइ–साझेदारी गतिविधि संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । यस्तो सहकार्यबाट वास क्षेत्रमा नवप्रवर्तन र ज्ञान प्रवाहलाई थप सशक्त बनाइने विश्वास गरिएको छ ।

यो सम्झौता २०८२ असोज २३ गतेदेखि लागू भई २०८४ असोज २२ गते (९ अक्टोबर २०२५ देखि ९ अक्टोबर २०२७) सम्म मान्य हुने जनाइएको छ । आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने प्रावधानसमेत रहेको छ । सम्झौताअन्तर्गत दुवै संस्थाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा क्षमता विकास कार्यक्रम, अनुसन्धान तथा सिकाइ–साझेदारी गतिविधि संयुक्त रूपमा आयोजना गर्ने सहमति जनाइएको छ । सम्झौताले नेपालमा दिगो, समावेशी र वातावरणमैत्री खानेपानी तथा सरसफाइ प्रणाली सुदृढ गर्न योगदान पु¥याउने दुवै संस्थाको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर