2026-10-04 07:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा महानगरभित्र रहेका सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण गर्ने भएको छ । कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन समेत इच्छुक सङ्घसंस्थालाई आवेदन दिन महानगरपालिकाले आह्वान गरेको छ ।

महानगरपालिकाले १५ दिनभित्र महानगरको कृषि तथा पशुपन्छी विभागमा सम्पर्क गरी आवेदन दिन आग्रह गरेको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका पशु चिकित्सक डा पूजा खनालका अनुसार आवेदन पेस गर्न चाहने संस्थाले आफ्नो विधान र दर्ता प्रमाणपत्रको प्रतिलिपि, कामपाको मौजुदा सूचीमा सूचीकृत भएको प्रमाणपत्र, कुकुर र बिरालो बन्ध्याकरणसम्बन्धी काम गरेको अनुभवका प्रमाणपत्र, पशु चिकित्सकको प्रमाणपत्र, पशु ओसारपसारका लागि प्रयोग हुने सवारीसाधन, सेल्टर र बन्ध्याकरण कक्ष भएको प्रमाण, भाडामा भए सम्झौता पत्र तथा बन्ध्याकरणका लागि आवश्यक सामग्रीको व्यवस्थासम्बन्धी कागजात पेस गर्नुपर्नेछ ।

संस्थाहरूले पेस गरेको सेवा उपलब्ध गराउने पूर्वाधार मूल्याङ्कन गरी अन्तिम छनोट भएका संस्थासँग सम्झौता गरेर कार्यादेश दिइने पशु चिकित्सक डा खनालले जानकारी दिनुभयो । उहाँका अनुसार, छनोट भएका संस्थाले कार्य राम्ररी सम्पादन गरेको वा नगरेको विषयमा भने नियमित अनुगमन गरिने छ । महानगरपालिकाले हरेक वर्ष साुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप सेवा प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार ५०० कुकुर र बिरालोको बन्ध्याकरण गरिएको तथा १६ हजारमा रेबिजविरुद्धको खोप लगाइएको पशु चिकित्सक डा खनालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/८२ मा ६७० बन्ध्याकरण र १६ हजार ५६९ मा रेबिजविरुद्धको खोप लगाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर