२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने

२४ आश्विन २०८२, शुक्रबार १५:३१

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा महानगरभित्र रहेका सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण गर्ने भएको छ । कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन समेत इच्छुक सङ्घसंस्थालाई आवेदन दिन महानगरपालिकाले आह्वान गरेको छ ।

महानगरपालिकाले १५ दिनभित्र महानगरको कृषि तथा पशुपन्छी विभागमा सम्पर्क गरी आवेदन दिन आग्रह गरेको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका पशु चिकित्सक डा पूजा खनालका अनुसार आवेदन पेस गर्न चाहने संस्थाले आफ्नो विधान र दर्ता प्रमाणपत्रको प्रतिलिपि, कामपाको मौजुदा सूचीमा सूचीकृत भएको प्रमाणपत्र, कुकुर र बिरालो बन्ध्याकरणसम्बन्धी काम गरेको अनुभवका प्रमाणपत्र, पशु चिकित्सकको प्रमाणपत्र, पशु ओसारपसारका लागि प्रयोग हुने सवारीसाधन, सेल्टर र बन्ध्याकरण कक्ष भएको प्रमाण, भाडामा भए सम्झौता पत्र तथा बन्ध्याकरणका लागि आवश्यक सामग्रीको व्यवस्थासम्बन्धी कागजात पेस गर्नुपर्नेछ ।

संस्थाहरूले पेस गरेको सेवा उपलब्ध गराउने पूर्वाधार मूल्याङ्कन गरी अन्तिम छनोट भएका संस्थासँग सम्झौता गरेर कार्यादेश दिइने पशु चिकित्सक डा खनालले जानकारी दिनुभयो । उहाँका अनुसार, छनोट भएका संस्थाले कार्य राम्ररी सम्पादन गरेको वा नगरेको विषयमा भने नियमित अनुगमन गरिने छ । महानगरपालिकाले हरेक वर्ष साुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप सेवा प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार ५०० कुकुर र बिरालोको बन्ध्याकरण गरिएको तथा १६ हजारमा रेबिजविरुद्धको खोप लगाइएको पशु चिकित्सक डा खनालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/८२ मा ६७० बन्ध्याकरण र १६ हजार ५६९ मा रेबिजविरुद्धको खोप लगाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” आज चार हजार ९०० ले बढ्यो सुन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव