२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग छ : संयोजक दाहाल

२४ आश्विन २०८२, शुक्रबार १८:१३

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका पक्षमा आफू नेतृत्वको पार्टी रहेको बताउनुभएको छ ।

प्रेस सन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित सम्पादकरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले जिम्मेवार राजनीतिक दल, नागरिक समाज, बौद्धिक जगत् तथा आमसञ्चारमाध्यमको ध्यान निर्वाचनको वातावरण तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाई प्रतिनिधिसभामार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने धारणा व्यक्त गर्दै त्यसका लागि समाजका सबै तह तप्कासँग अनुरोध गर्नुभयो ।

देश अहिले इतिहासकै अत्यन्त अप्ठ्यारो अवस्थामा पुगेको भनी चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले बदलिँदो राजनीतिक घटनाक्रमका बीच ‘जेनजी पुस्ता’को भावना र मागलाई समेत सम्बोधन गर्नेगरी मुलुकको स्वाधिनता र स्वतन्त्रताका पक्षमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने समय आएको बताउनुभयो ।

नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरू, मधेस केन्द्रित राजनीतिक दलहरूजस्ता इतिहास भएका लोकतान्त्रिक राजनीतिक दलहरूबीचको राष्ट्रिय सहमतिमा निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिनुभयो ।

जेनजी पुस्ताको मागलाई समेत समेटेर नेपालको संविधान संशोधन गरी समाजमा देखिएका निराशा र असन्तुष्टि सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यसहित सुशासन कायम गर्ने तथा मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनेतर्फ समग्र राष्ट्रको ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले अहिले पनि केही राजनीतिक दलका नेतामा अहङ्कार देखिएकामा आश्चर्य प्रकट गर्दै यसअघि गरेका कमीकमजोरीलाई सच्याएर जनतामाझ जानुको विकल्प राजनीतिक पार्टीहरूसँग नरहेको बताउनुभयो ।

जेनजी आन्दोलनको भावनालाई आत्मसात् गरी पार्टीको अध्यक्ष पदबाट संयोजकका रूपमा आफू रूपान्तरित भएको स्पष्ट गर्दै उहाँले आवश्यक परे संयोजकबाट पनि पछि हट्न तयार रहेको जानकारी दिनुभयो । सो संवाद कार्यक्रममा मूलधारका छापा, विद्युतीय तथा अनलाइन सञ्चारमाध्यमका करिब ३० जना सम्पादकहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” आज चार हजार ९०० ले बढ्यो सुन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव