२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहसचिव रामेश्वर दङ्गालद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण

२४ आश्विन २०८२, शुक्रबार १८:१९

काठमाडौँ | गृहसचिव रामेश्वर दङ्गालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसुरक्षा योजना बनाई काम गर्न निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गर्दै उहाँले सशस्त्र प्रहरीले लिएको अवधारणा महत्त्वपूर्ण रहेकाले विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा, सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण कार्यसमेत थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्षेत्रमा परिचालित हुँदा जनताप्रति प्रत्यक्ष रूपमा उत्तरदायी भएर काम गर्न सुझाव दिँदै गृहसचिव दङ्गालले हामीले गर्ने दैनिक क्रियाकलापमा आफ्नो सोच, विचार, व्यवहार र कार्यशैली समयानुकूल परिवर्तन गर्न सकियो भने जस्तोसुकै कार्यमा समेत सफलता मिल्ने बताउनुभयो ।

सीमित स्रोतसाधनका बाबजुद पनि उपलब्ध जनशक्ति तथा साधनस्रोतको अधिकतम उपयोग गरी विभिन्न आन्दोलन, आपतविपद्मा परेकाहरूको उद्धार, बाढीपहिरो तथा विपद् व्यवस्थापनमा सशस्त्रको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले विपद् व्यवस्थापनमा समयमै परिचालित हुन सकिएमा मात्र आमनागरिकको धनजनको क्षति हुनबाट जोगाउन सकिने बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्य र नागरिकको सेवा र सुरक्षामा समर्पित सशस्त्र प्रहरी बल नेपाल जनअपेक्षाअनुरूप सुरक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्गठनले आर्जन गरेको प्रतिष्ठा र जनविश्वासलाई अक्षुण राख्न अनुशासित, कर्तव्यपरायण र सेवाप्रति निष्ठावान रही राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा परिचालित हुँदै आइरहेको छ ।”

सुरक्षा निकायको आवश्यकता र औचित्य असामान्य, चुनौतीपूर्ण तथा अप्रिय परिस्थितिमा प्रदर्शन गर्ने कार्यकुशलता, निडरता र सुझबुझबाट प्रमाणित हुने उल्लेख गर्दै उहाँले आगामी फागुन २१ गते हुन गइरहेको आमनिर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल, नेपालले आन्तरिक शान्ति सुरक्षा कायम गर्ने भूमिका निर्वाह गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

निरीक्षणका क्रममा गृहसचिव रामेश्वर दङ्गालले प्रधान कार्यालयमा विपद् उद्वारमा प्रयोग हुने सामग्रीको अवलोकन गर्नुभएको बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” आज चार हजार ९०० ले बढ्यो सुन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव