२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार प्राडा त्रिपाठीलाई

२५ आश्विन २०८२, शनिबार १८:०४

काठमाडौँ, २५ असोजः यस वर्षको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ ।

विसं २०३९ देखि साहित्यिक गतिविधि गर्दै आएको संंस्था साहित्य सन्ध्याद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाबाट उहाँलाई रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । माक्र्सवादी चिन्तक भट्टको स्मृतिमा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीबाट अक्षयकोष स्थापना भई पहिलोपटक यो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार सिफारिस समितिका संयोजक प्रा जगत्प्रसाद उपाध्यायले डा त्रिपाठी नेपाली साहित्यका महासमालोचक भएको उल्लेख गर्दै उहाँको शोधपरक समालोचनाको विषयमा चर्चा गर्नुभयो ।

भट्टको व्यक्तित्वबारे प्रकाश पार्दै साहित्यकार प्राडा हेमनाथ पौडेलले समालोचना र दर्शनका क्षेत्रमा भट्टको अलग पहिचान रहेको बताउनुभयो ।

विसं १९९४ साउन २ गते जन्मनुभएका भट्टको २०६८ असोज २५ गते निधन भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” आज चार हजार ९०० ले बढ्यो सुन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ