2026-08-22 02:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारमन्त्रीको विशेष पहलपछि जाजरकोटमा अवरुद्ध टेलिफोन सेवा सञ्चालन

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलपछि जाजरकोटको बारेकोटमा दुई हप्तादेखि अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ ।

बारेकोटमा टेलिकमको सेवा अवरुद्ध भएको विषय मन्त्रालयमा गुनासो आएपछि मन्त्री खरेलले तत्कालै एक्सन लिएर अवरुद्ध सेवा सञ्चालनका लागि पहलकदमी लिनुभएको हो । टेलिकमको प्राविधिक टोलीले अवरुद्ध सेवा मर्मत गरेर सेवा सञ्चालन गरेको छ ।

यही असोज ९ गते बारेकोट गाउँपालिका–५ रतनकोटमा रहेको नेपाल टेलिकमको टेलिफोन टावरमा चट्याङले क्षति पुर्‍याएपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो । यसबाट १० हजारभन्दा बढी सेवाग्राही मर्कामा परेका थिए । सेवा अवरुद्ध भएपछि स्थानीयवासीलाई आपत्कालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदनप्रदानमा समस्या भएको थियो ।

स्थानीय प्रकाशमान सिंहले दुई हप्तादेखि अवरुद्ध टेलिकमको सेवा सञ्चालन भइसकेको र यसले स्थानीयलाई ठूलो राहत मिलेको बताउनुभयो । उहाँले टेलिफोन सेवा सञ्चालनमा आएसँगै इन्टरनेट सेवाको क्षमता विस्तारका लागि पहल गरिदिन आग्रह गर्नुभयो । उहाँका अनुसार फोरजी सेवाको टावर स्थापना गर्दा १२ हजार जनसङ्ख्या रहेको थियो । अहिले गाउँपालिकामा २२ हजार जनसङ्ख्या पुगेको र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेकाले इन्टरनेटको क्षमता विस्तार गरी सेवा थप प्रभावकारी बनाइनुपर्ने अपरिहार्यता रहेको छ ।

सञ्चारमन्त्री खरेलले टेलिफोनसेवा अवरोध हुँदा जाजरकोटवासीको समस्या आफूले अनुभूत गरेर तत्कालै सेवा सञ्चालनका लागि पहल गरेको बताउनुभयो । मन्त्री खरेलले कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्लालगायत सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशमा सेवा विस्तारको कार्यलाई विषेश प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिइएको उल्लेख गर्नुभयो । उहाँले जनतालाई आधारभूत सञ्चार सेवालगायतको प्रत्याभूत गराउन सरकारले सबैखाले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा कमल लम्सालले बारकोट र आसपास क्षेत्रमा अवरुद्ध टेलिफोन सेवा प्राविधिक मर्मतपछि सञ्चालन भएको जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङले पूर्ण रूपमा क्षति भएको टेलिफोन टावरको रेडियो उपकरण तथा अर्थिङलगायत कतिपय सामग्री केन्द्रबाट उपकरण मगाई सेवा सञ्चालन गरिएको हो । टेलिफोन सेवाको क्षमता विस्तार र गुणस्तर वृद्धिका लागि कामगर्ने गरी उपकरणसहित थप प्राविधिक फिल्डमा खटाइएको छ । इन्टरनेट सेवाको क्षमता विस्ता र गुणस्तर बढाउन पनि प्राविधिक जनशक्ति परिचालन गरिएको छ ।

यस्तै डोल्पा जिल्लाकोसेवा अवरुद्ध भएका भुर्तेचुला, सर्मी, कालिका र रुकुमपश्चिमका गोतामकोटलगायत क्षेत्रहरूमा सञ्चालनमा रहेका मोबाइल सेवाको गुणस्तर अभिवृद्धि गर्ने योजनाका लागि गोतामकोट स्टेशनमा नयाँ जेनेरेटर जडान गरी तिहार अगाडि नै सञ्चालनमा ल्याउने निर्देशक लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै