२३ कार्तिक २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेयर निष्काशनमा ढिलाइ तत्काल हटाउन सरकारसँग इप्पानको आग्रह

२९ आश्विन २०८२, बुधबार १८:०४

काठमाडौँ | स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले धितोपत्र बोर्डद्वारा जलविद्युत् कम्पनीको आइपिओ र हकप्रद शेयर निष्काशनमा भएको ढिलाइले निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको उल्लेख गर्र्दै तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा इप्पानले विगत २८ महिनादेखि धितोपत्र बोर्डले जलविद्युत् कम्पनीका शेयर निष्काशनमा गरेको ढिलाइले ऊर्जा क्षेत्रको विकासमा गम्भीर असर परेको दाबीसमेत गरेको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले हालसम्म ९७५ मेगावाट बराबरका कूल ४३ कम्पनीको आइपिओ र सात वटा कम्पनीको हकप्रद शेयर निष्काशन गरी कूल रु २३ अर्ब २७ करोड आठ लाख बराबरको धितोपत्र निष्काशन हुन नसकेको बताउनुभयो । “आइपिओ र हकप्रद शेयर निष्कासन नहुँदा ऊर्जा क्षेत्रले रु एक खर्ब आठ अर्ब ५० करोड गुमाउनुपरेको छ । समयमै जारी नभएको कारण रु १२ अर्ब ४० करोड ५४ लाख ब्याज रकम बढेको छ भने रु २४ अर्ब ३० करोड ६७ लाख लागत बढेको छ । साथै, रु ७१ अर्ब ७८ करोड ८१ लाख राजस्व आम्दानी गुमेको छ”, उहाँले भन्नुभयो ।

यसका साथै रियल नेटवर्थ भन्ने शब्द र त्यस्तो नेटवर्थ ९० भन्दा माथि हुनुपर्ने कारण देखाएर रिचेत जलविद्युत्, बेनी हाइड्रोपावर, युनिक्यु हाईडेल, याम्बलिङ, लाफिङबुद्ध र पुवा खोला जलविद्युत् कम्पनीलाई आईपीओ आवेदनबाटै हटाइएकामा समेत उहाँले असहमति जनाउनुभयो ।

इप्पानले धितोपत्र बोर्डले हाल ‘रियल नेटवर्थ’ भन्ने नयाँ अवधारणा प्रयोग गरी केही कम्पनीलाई आवेदनबाट हटाएको विषय कानुनमा आधारित नभएको बताएको छ ।

इप्पानले ऊर्जा आयोजनाले उत्पादन सुरु गरेपछि मात्रै आइपिओ निष्काशन गर्न पाउने भन्ने धितोपत्र बोर्डको नीति अदुरदर्शी रहेको बताएको छ । निर्माणाधीन अवस्थामा रहेका परियोजनामा ठूलो लगानी आवश्यक हुने भएकाले निर्माणकै क्रममा सेयर निष्काशन गर्न पाउने कानुनी व्यवस्था रहेको इप्पानको दाबी छ ।

“आइपिओबाट आउने रकमलाई प्रवद्र्धकले स्वपुँजीका रुपमा देखाएर वित्तीय संस्थाबाट ऋण लिने गरेका छन्”, महासचिव बलराम खतिवडाले भन्नुभयो, “तर नयाँ नीतिले यस्तो आयोजना वित्तीय सङ्कटमा पार्ने खतरा बढेको छ ।”

इप्पानले हाल देशका विभिन्न जिल्लामा १० प्रतिशत निःशुल्क सेयर माग्दै आयोजना अवरोध गर्न थालेको घटनाप्रति चिन्ता व्यक्त गरेको छ ।

भोटेकोशी जलविद्युत् आयोजनामा स्थानीयले निःशुल्क शेयर माग गर्दै एक महिना दुई दिनसम्म विद्युत् उत्पादन रोक्दा रु ३२ करोड बराबरको क्षति भएको उदाहरण दिँदै इप्पानले यस्तो गैरकानुनी मागले ऊर्जा लगानीमै सङ्कट ल्याउने चेतावनी दिएको छ । भोटेकोशी कम्पनीले निःशुल्क सेयर दिने सहमति नगरेको र केवल शेयर खरिदका लागि कानुनी सहमति मात्र भएको इप्पानले स्पष्ट पारेको छ ।

इप्पानले आफ्ना माग तुरुन्त सम्बोधन नभए प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र धितोपत्र बोर्डका अध्यक्षलाई ध्यानाकर्षण गराउने तयारी भइरहेकोसमेत जनाएको छ । ‘रियल नेटवर्थ’ का आधारमा आवेदन हटाइएका कम्पनीले धितोपत्र बोर्ड अध्यक्षविरुद्ध मुद्दा दायर गर्ने, लगानीकर्ताको रु एक खर्ब ८ अर्ब ५० करोड बराबरको क्षतिपूर्ति माग्दै अख्तियारमा उजुरी गर्ने, माग नमानिएमा १५ दिनभित्र कडा आन्दोलन सुरु गर्ने इप्पानको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन अर्थमन्त्री खनालले सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको बताए सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा अझ रचनात्मक रुपमा दिन्छ : गृहमन्त्री ओमप्रकाश अर्याल आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की पूर्वमन्त्री आलामको निधनप्रति कांग्रेसद्वारा शोकप्रस्ताव पारित रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित ः किएभ ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छः अध्यक्ष ढकाल पर्यटनमार्फत समृद्धि खोजिरहेको लोपोन्मुख आठपहरिया समुदाय राजावादीको प्रदर्शन : गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नाराबाजी कांग्रेसले आइतबार तीनवटै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने महोत्तरीका ११ वटा सीमानाका ७२ घण्टाका लागि सिल गरिने निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल नेपाल श्रीलङ्कासँग पराजित लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान