२३ कार्तिक २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जलविद्युत् आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौँः मन्त्री घिसिङ

२९ आश्विन २०८२, बुधबार १८:११

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत् नियमन आयोगलाई आग्रह गर्नुभएको छ ।

आयोगको गत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन आज बुझ्दै मन्त्री घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आयोगका अध्यक्ष रामप्रसाद धितालले प्रतिवेदन मन्त्री घिसिङसमक्ष पेस गर्नुभएको थियो ।

आयोगका पदाधिकारीलाई निर्देशन दिँदै मन्त्री घिसिङले भन्नुभयो, “सौर्य ऊर्जाको हाल प्रतिस्पर्धी आधार दर रहेको छ जसले पिपिएलाई प्रतिस्पर्धी र पारदर्शी बनाएको छ, त्यसैगरी जलविद्युत् आयोजनाको पिपिएको वास्तविक मूल्य तय गर्न, प्रक्रियालाई स्तरीय बनाएर पिपिए प्रतिस्पर्धाबाट गर्न आधार दर तय गर्ने र बोलपत्रसम्बन्धी कागजात तयार गर्नुहोस् ।”

नेपाल विद्युत् प्राधिकरणले हाल सौर्य ऊर्जा प्रतिस्पर्धाबाट खरिद गर्दै आएको छ । त्यसका लागि प्रतिस्पर्धाको अधिकतम आधार दर प्रतियुनिट पाँच रुपैयाँ ९४ पैसा रहेको छ । जलविद्युत् आयोजनाको पिपिए दर वर्षा र हिउँदयामका लागि प्रतियुनिट दर क्रमशः चार रुपैयाँ ८० पैसा र आठ रुपैयाँ ४० रहेको छ ।

नियमनकारी निकायले गर्ने कामलाई प्रभावकारी बनाउन आयोगका पदाधिकारीलाई निर्देशन दिँदै मन्त्री घिसिङले निजी क्षेत्रलाई प्रवर्द्धन एवं प्रोत्साहन र प्राधिकरणलाई दिगो बनाउने गरी आफ्ना क्रियाकलापमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन अर्थमन्त्री खनालले सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको बताए सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा अझ रचनात्मक रुपमा दिन्छ : गृहमन्त्री ओमप्रकाश अर्याल आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की पूर्वमन्त्री आलामको निधनप्रति कांग्रेसद्वारा शोकप्रस्ताव पारित रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित ः किएभ ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छः अध्यक्ष ढकाल पर्यटनमार्फत समृद्धि खोजिरहेको लोपोन्मुख आठपहरिया समुदाय राजावादीको प्रदर्शन : गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नाराबाजी कांग्रेसले आइतबार तीनवटै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने महोत्तरीका ११ वटा सीमानाका ७२ घण्टाका लागि सिल गरिने निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल नेपाल श्रीलङ्कासँग पराजित लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान