२३ कार्तिक २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता

३० आश्विन २०८२, बिहीबार १३:२९

काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नं ४ ‘ख’बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको छ ।

निज सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको खातामा जम्मा÷दाखिला भएको रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कसूरजन्य कार्य गरेको भन्दै आयोगले निजविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आयोगले मधेस प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका पूर्वराज्यमन्त्रीसमेत रहनुभएका सिंह विरुद्ध रु ३८ लाख ५० हजार ३१९, धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीविरुद्ध रु एक लाख ८५ हजार २६०, धर्मशाला एवं रामनारायणको घरदेखि रामवृक्षको गाछीसम्म निर्माण उपभोक्ता समितिको अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारी विरुद्ध रु छ लाख ५७ हजार ७०० बिगोसहित कसुर तथा सजायको मागदाबी गरेको छ ।

त्यसैगरी अधुरो कमलामाई मन्दिर र मालतमाईस्थानको कम्पाउण्ड वाल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामनाथ सहनी र कोषाध्यक्ष स्वीकृती देवी भन्ने स्वीकृति देवीविरुद्ध रु दुई लाख १४ हजार ३५०, माइस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष बिभादेवी खत्वेविरुद्ध रु एक लाख ५० हजार, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेश कुमारीविरुद्ध पनि रु एक लाख ५१ हजार ४०० बिगोसहित कसुर तथा सजायको मागदाबी अख्तियारको छ ।

देवी महारानी सौन्दर्यकरण निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपाराज देवी राजपुत र कोषाध्यक्ष भिखारी राउत कुर्मीविरुद्ध रु दुई लाख ९७ हजार ७९४, रधवा पिपलदेखि सहसौला अनेरभाटदेखि जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्रकुमार झाविरुद्ध रु १८ लाख ९१ हजार ९०० बिगोसहितको कारबाही मागदाबी गरिएको छ ।

रधवा पिपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नति निर्माण उपभोक्ता समितिका अध्यक्ष शम्भुकुमार मण्डविरुद्ध रु तीन लाख एक हजार ९१५, रधवा पिपलदेखि सहसौला अनेरभाटदेखि जनता प्रावि हुँदै लक्ष्मीनियासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समिति र रधवा पीपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नति निर्माण उपभोक्ता समितिको कोषाध्यक्ष मञ्जु देवी पासवानविरुद्ध रु २१ लाख ९३ हजार ८१५ बिगोसहित कसुर तथा सजायको मागदाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन अर्थमन्त्री खनालले सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको बताए सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा अझ रचनात्मक रुपमा दिन्छ : गृहमन्त्री ओमप्रकाश अर्याल आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की पूर्वमन्त्री आलामको निधनप्रति कांग्रेसद्वारा शोकप्रस्ताव पारित रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित ः किएभ ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छः अध्यक्ष ढकाल पर्यटनमार्फत समृद्धि खोजिरहेको लोपोन्मुख आठपहरिया समुदाय राजावादीको प्रदर्शन : गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नाराबाजी कांग्रेसले आइतबार तीनवटै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने महोत्तरीका ११ वटा सीमानाका ७२ घण्टाका लागि सिल गरिने निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल नेपाल श्रीलङ्कासँग पराजित लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान