२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इतिहासको पानामा नाम लेखिने गरी काम गरौँ : जेनजी अगुवा

२०८२, ३० आश्विन बिहीबार १६:५३

काठमाडौँ | जेनजी आन्दोलनका अगुवाहरुले वर्तमान सरकारप्रति विश्वास र भरोसा रहेकाले मुलुकलाई सही मार्गमा डोहोर्याएर लैजानेमा आशावादी रहेको प्रतिक्रिया दिएका छन् । भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको आन्दोलनको जगमा बनेको सरकार भएकाले ती मुद्दामा जनतालाई आशा जगाउनेगरी काम गर्न उनीहरुको सुझाव छ ।

उनीहरुको भनाइ छ, “आन्दोलनको मर्मअनुरुप सरकारले काम गरिरहेको हाम्रो विश्वास छ । गरिएका काम प्रणालीगत र पारदर्शिता हुनुपर्छ । जसबाट सरकारको जवाफदेहिता बढ्छ । आन्दोलनलाई संस्थागत गर्दै इतिहास लेखाउने गरी सरकारले काम गर्नुपर्छ ।”

सरकार गठन भएको एक महिना पुगेको सन्दर्भमा आन्दोलनका केही अगुवाहरुले राससलाई दिएको प्रतिक्रियाको सम्पादित अंशः

सरकारले लय समातेको छ : ओजस्वी भट्टराई

देशमा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिएका हामी जेनजी आन्दोलनसँग एकाकार छौँ । हामीले उठाएका मागलाई कसरी सम्बोधन गर्ने भनी २९ बुँदे मार्ग निर्देशनसहित अवधारणा बनाइएको थियो । त्यही मापदण्ड र निर्देशिकाभित्र रहेर समीक्षा गरिनुपर्छ । राज्यका तर्फबाट भदौ २३ गते मानवअधिकार उल्लङ्घन र २४ गते सङ्गठित अपराधका घटना भए । त्यसको निष्पक्ष छानबिन हुनुपर्छ । छानबिन समितिले अध्ययन र अनुगमन गरी न्यायका लागि सिफारिस, पीडितको परिपूरण र दीर्घकालीन सुधारको काम गर्नुपर्छ । आयोगमा जेनजी वा युवापुस्ताको प्रतिनिधित्वसहित समानुपातिक र लैङ्गिक समावेशी हुनुपर्छ भनिएको थियो । तर प्रतिनिधित्वको स्वरुप समावेशी हुनसकेन । अर्कातर्फ गठित आयोगको कार्यादेश अस्पष्ट र सीमित भयो । परिपूरणको पनि त्यत्ति धेरै जिम्मेवारी दिइएन । यसलाई विकेन्द्रीकरण गरिनुपर्ने थियो । आयोगलाई समन्वयकारी भूमिका राज्यले गरिदिएको भए उत्तम हुन्थ्यो । कार्यबोझ धेरै भयो ।

सरकारले निश्चित पूर्वमन्त्री, संवैधानिक निकायका पूर्वपदाधिकारी, न्यायाधीश, प्रदेश सरकारका मन्त्री, नेपाल सरकारका उच्चपदस्थ अधिकृतको सम्पत्ति विवरण माग गरी ९० दिनभित्र छानबिन गर्नुपर्छ भन्ने हाम्रो माग छ । त्यो विषय पारदर्शी ढङ्गबाट अघि बढाइनुपर्छ । सरकारले त्यसमा काम गरिरहेकै छ भन्ने अनुमान र विश्वास छ । पारदर्शी ढङ्गबाट गरिएको कामको परिणाम उत्तम हुन्छ भन्ने लाग्छ ।

देशमा भ्रष्टाचारसम्बन्धी कानुनमा सुधारको आवश्यकता छ । उदाहरणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र मन्त्रिपरिषद्बाट भएका निर्णय पर्दैनन् । भ्रष्टाचारमा पाँच वर्षको हदम्यादको कुरा पनि छ । नीतिगत भ्रष्टाचारलाई कानुनले परिभाषित गर्दैन । जुन आवश्यक छ । यो खाडललाई सुधार गर्दै लैजानुपर्छ । यसका लागि जेनजी, युवा र विज्ञ रहेको बलियो कार्यदल बनाउनुपर्छ । जसबाट कानुन र प्रशासनमा सुधार ल्याउन सकिन्छ । त्यो सरकारले तत्काल अघि बढाओस् भन्ने हाम्रो चाहना छ । गरेको कामबारे जनतालाई निश्चित समयमा नियमित रूपमा जानकारी गराउने कार्य प्रारम्भ गरिनुपर्छ । सरकारका मन्त्री खुला र परदर्शी हिसाबले नियुक्ति भए राम्रो हुन्थ्यो । त्यसले सरकारको जवाफदेहिता बढ्थ्यो । त्यसमा हाम्रो चासो छ । तथापि, सरकारले अघि बढ्ने सन्दर्भमा लय भने समातेको छ ।

आन्दोलनमार्फत उठेका ऐजण्डा छिटो पूरा गरिनुपर्छः प्रवेश दाहाल

आन्दोलनका जगमा बनेको सरकार भएकाले जनताका माग र ऐजण्डालाई सकेसम्म छिटो पूरा गर्नुपर्छ । आन्दोलन संस्थागत नभई गठन भए तापनि सरकारलाई आन्दोलन संस्थागत गर्नका निम्ति जेनजी समूहसँग छिटो सहजता निर्माण गरिनुपर्छ । सरकारले जनतालाई आशा दिलाउने काम गर्नुपर्छ । त्यसका लागि आमनागरिकका मागलाई विवेक पु्र्याएर छिटो सम्बोधन गर्न सक्नुपर्छ । मुलुकलाई सही मार्गमा डोहोर्याउनुर्छ । हामी यो सरकारप्रति आशावादी छौँ । सरकारले अब छिटो पूर्णता पाउनुपर्छ । मन्त्रालयगतस्तरमा गर्न पर्ने काम धेरै छन् । त्यसका निम्ति सहजता प्रदान गर्नुपर्छ ।

स्वास्थ्य, शिक्षा, यातायात, रोजगार र गृह मन्त्रालयबाट सरकारले गर्नुपर्ने कामलाई सरल र सहजता दिलाउनुपर्छ । सरकारी कामकारबाही र सुशासन प्रवर्द्धनमा देखिएका चुनौतीलाई सम्बोधन गर्न कर्मचारी, विद्यार्थी युनियनका विषयमा हाल भएको व्यवस्थामा पुनःविचार गरिनुपर्छ । सरकारले आफ्ना कामकारबाहीलाई प्राथमिकता निर्धारण गर्नुपर्छ ।

आन्दोलनको जगमा बनेको सरकार भएकाले जनताले आशा पाउने काम गर्नुपर्छ । आन्दोलनलाई संस्थागत गरी सरकारलाई सशक्त तुल्याई इतिहासको पानामा लेख्ने काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ