२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा कोइराला

३० आश्विन २०८२, बिहीबार १७:४३

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उहाँले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

नेता डा कोइरालाले भन्नुभयो, “सात दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ । यो संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौँ, भावी राजनीतिक दिशा त्यसैले तय गर्नेछ ।”

राजनीतिक दल, जेनजी पुस्तालगायत सबैैले वर्तमान सरकारलाई निर्वाचनको म्यान्डेट दिएको उहाँको भनाइ थियो । उहाँले निर्वाचनको वातावरण बनाउन गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरु सरकारको नियन्त्रणमा आउनुपर्ने बताउनुभयो । नेता डा कोइरालाले त्यसक्रममा जेलवाट भागेका अपराधीहरुलाई पुनः सरकारले युद्धस्तरमा खोजेर नियन्त्रणमा लिई कानुनको कठघरामा ल्याउन ढिलो गर्नु नहुने बताउनुभयो ।

‘कांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टी’ बनाउन आगामी मंसिर महिनामा पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने उल्लेख गर्दै उहाँले नियमित महाधिवेशनवाट मात्र सबैैको सम्बोधन र नेतृत्वमा समेत ताजापन सम्भव हुने उहाँको भनाइ थियो ।

एकताबद्ध कांग्रेस, बलियो कांग्रेस र समयसापेक्ष परिवर्तन कांग्रेस आजको आवश्यकता भएको बताउँदै नेता डा कोइरालाले २०७९ सालमा कांग्रेस र अन्य दलहरुसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारण कारबाहीको सिफारिसमा परेको सबैका कारबाही फिर्ता गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” आज चार हजार ९०० ले बढ्यो सुन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति