2026-07-24 10:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक

काठमाडौँ | सरकारले विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई नेपाल न्याय सेवाको राजपत्राङ्कीत विशिष्ट श्रेणीको पदमा बढुवा गरी नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले बढुवा नियुक्ति हुनुभएका थपलियालाई न्याय परिषद्को सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारुलाई काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षको कामकाजसमेत गर्नेगरी तोक्ने निर्णय गरेको छ ।

बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतका ११ अस्थायी दरबन्दी स्वीकृत गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल न्यायसेवा, सरकारी वकिल समूहका कायममुकायम नायब महान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई राजपत्राङ्कीत विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ ।

यस्तै, सरकारी वकिल समूहका बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव सूर्यराज दाहाललाई महान्यायाधिवक्ताको कार्यालयको नायबमहान्यायाधिवक्ता पदमा सरुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । साथै, नेपाली सेनातर्फ एक जना रथीको सरुवा गर्ने, एक जना उपरथीको रथीमा बढुवा गर्ने र पाँच जना सहायक रथीको सरुवा तथा २५ जना महासेनानीको सरुवा गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो ।

यसैगरी, सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको पनि जानकारी दिइयो । बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा ‘मल्टिडोनर ट्रष्ट फण्ड’बाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै, विद्युत् उत्पादन, प्रसारण र वितरणलगायत विभिन्न आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नेसमेत निर्णय गरिएको छ ।

बैठकले नेपाल र भारतबीच पारस्परिक कानुनी सहायता सन्धिसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, अन्य मुलुकसँग आवश्यकताअनुसार फौजदारी मामिलामा पारस्परिक कानुनी सहायता सन्धि गर्न वार्ताका लागि प्रस्ताव गर्न स्वीकृत गर्ने र आवश्यकताअनुुुसार कूटनीतिक माध्यमबाट विभिन्न मुलुकसमक्ष प्र्रस्ताव पठाउन स्वीकृति दिने निर्णय गरिएको छ ।

असोज ३१ मा भारतमा सञ्चालन हुने दीक्षान्त परेड समारोहमा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाहलाई स्वीकृति दिने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले कात्तिक २६ मा गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी, आगामी कात्तिक १७ र १८ गते भारतको नयाँदिल्लीमा आयोजना हुने ‘सेकेन्ड एसिया प्यासिफिक इकमर्स पोलिसी समिट, २०२५’ मा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतलाई स्वीकृति प्रदान गरिएको छ ।

कात्तिक १७ देखि २१ गतेसम्म भियतनामको हनोइमा आयोजना हुने ‘आइएइए टेक्निकल कोअपरेसन प्रोजेक्ट’सम्बन्धी बैठकमा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई स्वीकृति दिने निर्णय गरिएको पनि जानकारी दिइयो ।

प्रवक्ता खरेलका अनुसार बैठकले कात्तिक १६ देखि २३ गतेसम्म संयुक्त अधिराज्यको लण्डनमा आयोजना हुने ‘वर्ल्ड ट्राभल मार्केट (डब्लुटीएम)’ मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई स्वीकृति दिने निर्णय भएको छ ।

यस्तै, कात्तिक ९ देखि ११ गतेसम्म इण्डोनेसियामा आयोजना हुने ४५ औँ ‘साइटिनेट एक्जुकेटिभ कमिटी’ बैठकमा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति दिने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक