२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४३ औँ कार्यपालिका बैठकः १५ वटा प्रस्ताव पारित

२०८२, १ कार्तिक शुक्रबार १८:०२

काठमाडौँ | प्रन्ध वटा प्रस्ताव पारित गर्दै काठमाडौँ महानगरपलिको ४३औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले १४ विभागीय र विविधसहित १५ वटा प्रस्ताव पारित गरेको हो ।

ब्ैठकले प्रशासन विभागका तर्फबाट कलङ्की मालपोत कार्यालयलाई रु १० लाख र डिल्लीबजार मालपोत कार्यालयलाई रु १५ लाख अनुदान सहयोग उपलब्ध गराउने प्रस्ताव, सामाजिक विकास विभागका प्रस्तावअन्तर्गत बालकल्याण अधिकारी तोक्ने र काठमाडौँ महानगरपालिका सीप तथा तालिम परिषद् स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि ऐन तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने तीन प्रस्ताव पारित गरेको हो ।

बैठकले कामपा वडा नं ५ टङ्गालस्थित व्यावसायिक भवन निर्माण तथा सञ्चालन, वडा नं १ दरबारमार्गस्थित शेर्पा मल भवन निर्माण तथा सञ्चालन र वडा नं १ कै नक्सालस्थित कुमारी बैंकको संस्थागत भवन निर्माण तथा सञ्चालनका प्रस्तावहरू पनि स्वीकृत गरेको छ । अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयले सिटिनेटद्वारा इन्डोनेसियामा आयोजना हुने ४५औँ सिटिनेट एक्सक्ल्युसिभ कमिटी मिटिङमा सहभागिताका लागि वडा नं १६ की वडाध्यक्ष रोजिना श्रेष्ठलाई मनोनयन गरेको प्रस्ताव अनुमोदन गरिएको छ ।

सहरी योजना आयोग सचिवालयका तर्फबाट सुरज शाक्य र सुमन प्रधानलाई सहरी योजना आयोगका सदस्यका रूपमा नियुक्त गर्ने प्रस्ताव स्वीकृत भएको छ । बैठकबाट कानुन तथा मानवअधिकार विभागले तयार गरेको राष्ट्रिय सभागृह सञ्चालन निर्देशिका, २०८२ स्वीकृत गरिएको छभने सूचना प्रविधि विभागका तर्फबाट सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति व्यवस्थापनसम्बन्धी प्रस्ताव पारित भएको छ ।

त्यसैगरी, बैठकमा सार्वजनिक निर्माण विभागले हनुमानढोका दरबार परिसर र डबली क्षेत्रअन्तर्गत भइरहेका मर्मत कार्यहरूमा बाँकी कामको परिमाण माग र आवश्यकताअनुसार अन्य स्थानमा स्थानान्तरण गर्ने निर्णय र विविध प्रस्तावअन्तर्गत ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स खरिदका लागि प्रतिपालिका रु २२ लाख ९९ हजारका दरले अनुदान सहायता उपलब्ध गराउने र यन्त्र तथा उपकरण महाशाखामा कार्यरत प्राविधिक तथा अन्य कर्मचारीलाई वार्षिक एप्रोन सुविधा वृद्धि गरी रु हजार प्रदान गर्ने निर्णय पारित भएको छ ।

स्वास्थ्य विभागतर्फबाट काठमाडौँ महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीचको सम्झौता नवीकरण गर्ने र स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा थप जनशक्ति व्यवस्थापन गर्ने प्रस्ताव स्वीकृत गर्ने महानगरको निर्णय छ । ती केन्द्रहरूमा एक जना मेडिकल अधिकृत, एक जना ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगीको व्यवस्था गरिने निर्णय भएको छ ।

बैठकमा वडाध्यक्षहरूले यही भदौ २४ गते सिंहदरबारमा आगो लाग्दा महानगरपालिकाको दमकल कहाँ थियो भन्दै प्रश्न गरेका थिए । वडाध्यक्षहरूले राख्नुभएको प्रश्नको जवाफ दिँदै महानगरपालिकाका विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले भदौ २४ गते बेलुका ८ बजेर १५ मिनेटमा सिंहदरबार प्रवेश गरेर आगो निभाउन अथक प्रयास गरेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ