2026-10-04 05:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित

काठमाडौँ | नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिएबापत प्राप्त रकमबाट कट्टा गरी स्थापना गरिएको सैनिक कल्याणकारी कोषबाट १० लाखभन्दा बढी हिताधिकारी लाभाविन्त भएको नेपाली सेनाले जनाएको छ ।

सेनाले विसं २०३२ मा सैनिक कल्याणकारी कोषको स्थापना गरी सङ्गठनमा कार्यरत सकलदर्जा तथा अवकाश प्राप्त सैनिक र सम्पूर्ण आश्रित परिवारलाई विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

गत असार मसान्तसम्ममा कोषको नगद मौज्दात रु ७९ अर्ब तीन करोड २५ लाख र लगानी रु सात अर्ब ७१ करोड ५३ लाख गरी कूल सम्पत्ति रु ८६ अर्ब ७४ करोड ७८ लाख रहेको सेनाले जनाएको छ ।

सेनाले कोषबाट आफ्ना हिताधिकारिलाई शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा आधारित रही विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउँदै आइएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिनुभयो ।

कल्याणकारी सुविधामध्ये शिक्षातर्फ हाल १२ वटा महाविद्यालय÷विद्यालय, चिकित्सा, पोलिटेक्निक र कृषि गरी पाँच वटा प्राविधिक शिक्षालय र २४० वटा विद्यालयमार्फत हिताधिकारीलाई सुविधा प्रदान गरिएको सेनाले जनाएको छ ।

स्वास्थ्य सेवातर्फ काठमाडौँ उपत्यकामा वीरेन्द्र अस्पताल, उपत्यका बाहिर तीन वटा सैनिक अस्पताल र तीन वटा फिल्ड अस्पतालहरु सञ्चालनमा छन् । जटिल प्रकृतिको रोग लागेका ५३० जना हिताधिकारी स्वास्थ्य सुविधाबाट लाभान्वित भसकेका छन् ।

आर्थिक वर्ष २०८१÷८२ मा चार लाख ७६ हजार ३४८ जनालाई रु ७६ करोड ४५ लाख ४० हजार ८०७ बराबरको औषधि तथा औषधिजन्य सामग्री वितरण गरिएको सेनाले जनाएको छ । हालसम्म एक हजार ५८४ जनालाई रु ४० करोड ७५ लाख २० हजार स्वास्थ्य बिमाबापतको सहुलियत रकम प्रदान गरिएको छ ।

सेनाले सकल दर्जालाई आवास कर्जा, महत्वपूर्ण घडेरी कर्जा, परिवार आवास, सुपथ मूल्य क्यान्टिन, लघुवित्त कर्जा र सवारी कर्जा उपलब्ध गराउँदै आएको छ ।

हाल १० वटा मिसनमा ५३८ महिला सैनिकसहित कूल पाँच हजार ८२० जना शान्ति सैनिक तैनाथ रहेका निर्देशक थापाले जानकारी दिनुभयो । विश्व शान्ति स्थापनार्थ खटिइएका ७४ सैनिकहरुले जीवनोत्सर्ग गरेका छन् । हाल नेपाली सेना शान्ति स्थापना कार्यका लागि फौज खटाउने राष्ट्रहरुको सूचीमा पहिलो स्थानमा रहेको छ भने महिला सैनिकको सहभागितामा अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर