2026-10-03 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेणा मिलोस्ः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको उज्यालोले सबैलाई सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

तिहार पर्व–२०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै नेपालीहरूको महान पर्व तिहारको पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

“मुलुक हाल अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको यस कठिन घडीमा, तिहारजस्ता पर्वहरूले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ, “हामी बीच रहेका जस्तोसुकै मतभेद वा वैमनश्यताको पनि शान्तिपूर्ण संवाद, सहकार्य र जनअभिमतको माध्यमबाट समाधान खोज्न सकिन्छ भन्ने प्रेरणा यो उज्यालो पर्वले सबैलाई प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

तिहारसँग अभिन्न रूपमा जोडिएको देउसी–भैलो खेल्ने परम्परा विशुद्ध नेपाली मौलिक संस्कृति भएको र जसले समाजमा एकता तथा भाइचारालाई प्रगाढ बनाउने सन्देशमा उल्लेख छ ।

“यसबाट सङ्कलित कोष सामाजिक र सामूदायिक हितमा लगाउने जस्ता असल परम्परा र अभ्यासलाई हामीले संरक्षण गर्नुपर्दछ”, सन्देशमा भनिएको छ, “साथै,अनावश्यक भड्किलोपन, विलासिता र जुवा–तासजस्ता नकारात्मक अभ्यासबाट टाढा रहँदै, मितव्ययी र संयमित ढङ्गले तिहार मनाउनुपर्छ, जसले गर्दा यस पर्वको मौलिक सामाजिक–सांस्कृतिक मूल्यलाई जोगाउन सकियोस् ।”

तिहार पर्वको अवसरमा मानव जीवनसँग अभिन्न रूपमा जोडिएका काग, कुकुर, गाई र गोरुजस्ता पशुपंक्षीका साथैधन–ऐश्वर्य तथा समृद्धिको प्रतिक देवी लक्ष्मी, प्राकृतिक स्रोतको प्रतिक गोवद्र्धन पर्व र भाइको पूजा गरिनुका साथै देउसी–भैलो खेल्दै नाचगान तथा मनोरञ्जन गर्ने परम्परा रहिआएको सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “यसरी तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी र दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण