२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सरकारले तोकेको धानको मूल्य कार्यान्वयन नगरे कारबाही हुन्छ: मुख्यमन्त्री शाह

२०८२, ५ कार्तिक मंगलवार १४:३४

काठमाडौँ | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयन नगरे कारबाही गरिने बताउनुभएको छ ।

सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको भनेर किसानले गुनासो गरेपछि उहाँले आज त्यसबारे अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिनुभएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाहले व्यापारीले तोकिएको समर्थन मूल्य तिर्नुपर्ने भन्दै उहाँले त्यसको बजार हल्ला र किसानका गुनासाबारे तथ्य पत्ता लगाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी लम्सालले छठलगत्तै कैलालीका सबै स्थानीय तहमा अनुगमन गर्ने बताउनुभएको छ ।

यसअघि २०८२ असोज ३१ गते सार्वजनिक सूचनाअनुसार मोटो धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ दशमलव ८१ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६२८ दशमलव ३३ निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस