2026-10-24 09:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एडिपीको साधारणसभा सम्पन्न, गैर आवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा जोड

काठमाडौँ | नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्न सरकारी, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा गैरसरकारी कोषसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ ।

कम्पनीको आज सम्पन्न पहिलो वार्षिक साधारणसभाले सम्भाव्यता देखिएका जलविद्युत्, पर्यटन, सूचना प्रविधि जस्ता ठूला सहरी परियोजनाका अतिरिक्त कृषि, घरेलु, साना तथा मझौला उद्योगमा लगानी विस्तार गरी ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्ने, एनडिपी भेञ्चर तथा एनडिपी डेभलपर नामका छुट्टै संरचना खडा गरी पिइभीसी तथा सहरी पूर्वाधार तथा आवास क्षेत्रमा लगानी गर्ने निर्णय गरेको छ ।

साधारणसभामा कम्पनीको प्रथम वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले कम्पनीले आफ्नो लगानीलाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न प्रणालीहरुको विकास गरी लगानी विविधीकरण र जोखिम व्यवस्थापनका विभिन्न प्रयासहरु गरेको बताउनुभयो ।

उहाँले अहिलेको विशिष्ट परिस्थितिमा व्यवसायीहरुको मनोबल खस्किएको र थप लगानीका लागि तयार हुन समय लाग्न सक्ने भएकोले राज्यले व्यवसायी र व्यवसायको सुरक्षाको प्रत्याभूति गरी लगानीको वातावरण बनाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले शिथिल अर्थतन्त्रलाई लयमा ल्याउन, उत्पादन तथा रोजगारी बढाउन र समग्र उद्यमी व्यवसायीहरुको मनोबल बढाउँदै मुलुकलाई आर्थिक विकास र सम्मृद्धिका यात्रामा अघि बढाउन यस लगानी कम्पनीले विशेष भूमिका खेल्न सक्ने भनाइ राख्नुभयो ।

“अहिले मुलुकको अर्थतन्त्र विशिष्ट अवस्थाबाट गुज्रिएको छ । बजारमा मागमा भएको कमीले आर्थिक गतिविधिहरु सुस्ताएका छन् । व्यवसायीहरुमा थप र नयाँ लगानी गर्ने आँट र मनोबल खस्किँदो छ । यस्तो बेलामा हामीले यस लगानी कम्पनीमार्फत ठूला र रणनैतिक उद्योग÷व्यवसायमा लगानी गर्दै मुलुकको अर्थतन्त्र लयमा ल्याउन, आर्थिक गतिविधिलाई अघि बढाउन, रोजगारी सृजना गर्न सक्छौ,” अध्यक्ष ढकालले भन्नुभयो ।

अध्यक्ष ढकालले यस लगानी कम्पनीमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट व्यापक चासो व्यक्त भएको बताउनुभयो । “म हालै आईएमएफको एउटा कार्यक्रममा भाग लिन संयुक्त राज्य अमेरिका पुगेको थिए । त्यहाँ मसँगको भेटमा त्यहाँ रहेका नेपालीहरुको नेपालको अहिलेको अवस्था, लगानी सम्भावना र यस लगानी कम्पनीको बारेमा धेरै चासो राख्नुभएको थियो । यस अघि पनि विभिन्न देशमा पुग्दा धेरै नेपालीहरुले यस कम्पनीका बारेमा चासो राख्नुभएको छ । हामीले लगानीका लागि राम्रा परियोजनाहरु पहिल्याउँदै जानुपर्छ । धेरै स्वदेसी लगानीकर्ता तथा गैर आवासीय नेपालीहरुले यसमा लगानी गर्न तयार हुनुहुन्छ,” उहाँले भन्नुभयो ।

साथै, उहाँले यस कम्पनीले स्वदेस तथा विदेशमा रहेका व्यवसायी तथा लगानीकर्ताहरुलाई नेपालमा उद्योग÷व्यवसाय स्थापना, सञ्चालन तथा विस्तार गर्नका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने, रुग्ण तथा समस्याग्रस्त उद्योग व्यवसायहरुको पुनर्उत्थान र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने परियोजनाहरुलाई आवश्यक परामर्श सेवा उपलब्ध गराइने बताउनुभयो ।

अध्यक्ष ढकालले कम्पनीमार्फत लगानी गरी मुलुकको आर्थिक सम्मृद्धि र विकासमा साझेदारी गर्न सबै उद्योगी, व्यवसायी तथा गैर आवासीय नेपालीहरुलाई आग्रह समेत गर्नुभयो ।

एक वर्ष अघि स्थापना गरिएको यस कम्पनीको कूल पुँजी रु १० अर्ब रहेको छ । हाल यस कम्पनीमा ४६ जिल्लाका २४६ जना शेयरधनी रहेका छन् ।

यो कम्पनी छरिएर रहेको पुँजी एकत्रित गरी उत्पादन वृद्धि तथा रोजगारी सृजना गर्न मुलुकका ७७ वटै जिल्लामा रहेका सानादेखि ठूला उद्यमी÷व्यवसायी तथा गैर आवासीय नेपालीहरुको समेत लगानीमा स्थापना गरिएको हो ।

बागलुङको ढोरपाटनमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको बैठकले देशभर छरिएर रहेका उद्यमी व्यवसायीहरुलाई समेटी राष्ट्रियस्तरको लगानी कम्पनी स्थापना गर्ने र यसको माध्यमबाट देशमा एक सबल, सक्षम र सहभागितामुलक इक्यूटी बजारको विस्तार गर्ने प्रस्ताव अघि सारेको थियो ।

जसअनुसार, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्स, गैर आवारीय नेपाली संघ र यिनमा आवद्ध सदस्यहरुलाई संलग्न गरी यो कम्पनी स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने