2026-10-03 01:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा पहिलो पटक कोरियाली शैक्षिक मेला हुँदै

काठमाडौँ | नेपालमा पहिलो पटक ‘कोरियन एजुकेसन फेयर’ आयोजना हुने भएको छ ।

नेपाल शैक्षिक परामर्श सेवा सङ्घ (नेक्सा) ले यही कात्तिक २२ गते उच्च शिक्षाका लागि दक्षिण कोरिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै मेला आयोजना गर्न लागेको जनाएको छ । मेलामा कोरियामा उच्च शिक्षा अध्ययनका अवसर, सम्भावना र भविष्यको मार्गचित्रबारे प्रत्यक्ष सूचना दिइने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाली विद्यार्थीका लागि एक आकर्षक अध्ययन गन्तव्यका रूपमा उदाउँदो दक्षिण कोरियाली विश्वविद्यालयले अन्तरराष्ट्रिय विद्यार्थीमैत्री वातावरण, आधुनिक शैक्षिक पूर्वाधार, प्राविधिक दक्षता र अनुसन्धान–केन्द्रित शिक्षालाई प्राथमिकतामा राख्दै आएको सङ्घको भनाइ छ । ती विश्वविद्यालयमा विशेष छात्रवृत्ति र सहुलियतका बारेमा पनि मेलामा जानकारी मिल्ने तथा त्यहाँ अध्ययनसँगै कमाएर स्वदेश फर्कन पनि सहजे हुने सङ्घका अध्यक्ष सन्तोष खनालले बताउनुभयो ।

करिब पाँच हजार विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको मेलामा कोरियाली विश्वविद्यालयहरु डेवोन विश्वविद्यालय, येवेन कला विश्वविद्यालय, डोन युइ विश्वविद्यालय र नामस्वेल विश्वविद्यालयका डीनहरुसहित करिब ४० शैक्षिक संस्थाका प्रतिनिधि काठमाडौँ आउने सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ