2026-08-22 10:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बृहत् वाम एकताबाट समाजवादी क्रान्तिकोे वातावरण बन्दैछ : संयोजक दाहाल

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको बताउनुभएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा आज बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनलाई समाजवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुपर्ने बताउनुभयो ।

विभिन्न नौ वाम घटकसँगको एकताबारे असन्तुष्टि व्यक्त गर्दै पार्टी पुनर्गठन अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको नेता जनार्दन शर्मालाई पार्टी एकताको प्रक्रियामा सहभागी हुन संयोजक दाहालले आग्रह गर्नुभयो । “तपाईं (जनार्दन)ले आफ्नो निर्णयमा पुनर्विचार गर्नुस्, पार्टीमा फर्कनुस्, सँगै अघि जानुपर्छ”, उहाँले भन्नुभयो ।

संजोजक दाहालले गणतन्त्रवादी, लोकतन्त्रवादी र देशभक्तहरू एकता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै देशभक्तिपूर्ण आन्दोलनमा समाहित हुन परिवर्तनकारी शक्तिलाई आह्वान गर्नुभयो । वामपन्थी र देशभक्ति अभियान सञ्चालन गरिरहेका कम्युनिष्ट नेताहरू पनि एकता प्रक्रियामा सहभागी हुने उहाँको विश्वास छ ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मुलुकको आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको राष्ट्रिय कार्यभार पूरा गर्ने उद्देश्यका साथ बृहत् वामपन्थी एकता गर्न लागिएको स्पष्ट पार्नुभयो । नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र ध्रुवीकरण अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले सम्पूर्ण देशभक्त शक्तिहरू एक ठाउँमा आउनुको विकल्प नभएको दोहो¥याउनुभयो ।

बैठकले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाले समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएको उल्लेख गर्दै सोही आवश्यकता पूरा गर्न विभिन्न नौ वटा वाम घटकबीच एकता घोषणा हुन लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलि भृकुटीमण्डपमा पार्टी एकता घोषणासभा हुनेछ । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने बताइएको छ । माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी)सहित विभिन्न नौ वटा कम्युनिष्ट पार्टीबीच एकता हुँदैछ ।

एकतापछि बन्ने पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने र नेपाली क्रन्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । एकता प्रक्रियामा सहभागी सबै घटकको केन्द्रीय समितिको संयुक्त भेलाबाट पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित तथा केन्द्रीय समितिको गठन हुनेछ । उक्त पार्टीको चुनाव चिह्न पाँचकुने तारा राख्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक