2026-08-22 08:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मङ्सिर १३ गते हुने एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र सङ्गठनले आवश्यक तयारी सुरु गरेका छन् । महाधिवेशनको प्रतिनिधि चयन देशभर आगामी मङ्सिर १३ गते एकसाथ हुने एमाले सचिवालयले जनाएको छ ।

आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा कुल दुई हजार १२७ प्रतिनिधि कायम गर्नेगरी यही कात्तिक १५ गतेको एमालेको सचिवालयले बैठकले निर्णय गरेको थियो । सोबमोजिम तयारी गर्न अन्तरपार्टी निर्देशन दिइएको छ ।

एमालेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टी सदस्यताको सङ्ख्या अनुपातमा विभिन्न क्षेत्र छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको बताउनुभयो । उक्त मापदण्डलाई मातहतका जिल्ला कमिटी र जनसङ्गठनले कार्यान्वयनका लागि सम्पर्क तथा आवश्यक समन्वय सुरु गरेका उहाँले जानकारी दिनुभयो ।

महाधिवेशनमा केन्द्रीय कमिटीबाट ३५५, अनुशासन आयोगबाट २९, केन्द्रीय निर्वाचन आयोगबाट ३०, लेखा आयोगबाट २५ र केन्द्रीय सल्लाहकार परिषद्बाट निर्वाचितसहित २५ गरी ४६४ प्रतिनिधि हुनेछन् ।

यसैगरी स्वदेशका प्रदेशस्तरीय (विशेष प्रदेशसहित)का कमिटीबाट कम्तीमा दुई महिलासहित पाँचका दरले ४५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । एक सय ६५ सङ्घीय निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी समावेशीताको सिद्धान्तअनुसार एक हजार १३५ प्रतिनिधि सहभागी हुनेछन् । हरेक निर्वाचन क्षेत्रमा रहेका एक हजार २०० पार्टी सदस्य बराबर ४० वर्ष मुनीका एक युवा र एक महिलासहित चार प्रतिनिधि हुने सचिव डा अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार न्यूनतम् एक हजार २०० पार्टी सदस्यमा थप आठ सय सदस्य नाघेमा थप एक महिला प्रतिनिधि र त्यसपछि प्रत्येक आठ/आठ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुनेछन् ।

स्वदेशका विशेष जिल्लाअन्तर्गत एक हजार २०० सम्म पार्टी सदस्य बराबर कम्तीमा एक महिलासहित तीन निर्वाचित प्रतिनिधि रहनेछन् । सदस्य सङ्ख्या आठ सय नाघेमा प्रत्येक थप एक प्रतिनिधि गरी विशेष जिल्ला कमिटीअन्तर्गत कुल ४७ प्रतिनिधि निर्वाचित हुने अधिकारीले बताउनुभयो ।

यसैगरी दलित आरक्षणअन्तर्गत कम्तीमा महिलासहित ८१ र श्रमिकमा ४० प्रतिनिधि बन्नेछन् भने प्रवास कमिटीबाट तीन महिलासहित ३५ प्रतिनिधि हुनेछन् । केन्द्रीय विभागबाट ३२ र जनसङ्गठनबाट महिलासहित कुल १३७ प्रतिनिधि रहनेछन् । पार्टी केन्द्रले १०१ प्रतिनिधि मनोनित गर्ने कार्यालय सचिव डा अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक