२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छः अर्थमन्त्री खनाल

२०८२, २२ कार्तिक शुक्रबार १६:१२

काठमाडौँ | अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज वीरगञ्ज भन्सार कार्यालयमा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा अर्थमन्त्री खनालले चोरीतस्करी नियन्त्रणका लागि सरोकार भएका निकायबीच समन्वय गरेर काम गर्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले झोलेपोके तस्करीलाई बाटोमा समात्नेभन्दा पनि जहाँ पुर्‍याइन्छ सोही ठाउँबाट नियन्त्रण लिन सरोकार भएका निकायलाई निर्देशन दिनुभयो ।

“दैनिक गुजरा चलाउनका लागि सरसमान ल्याउने र तस्करी गर्नेबीच छुट्याएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि अनुरोध गर्दछु”, अर्थमन्त्री खनालले भन्नुभयो । राज्यका सबै निकायले एकापसमा समन्वय र सहकार्य गरेर राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।

“सबै निकाय एउटै हौँ । परस्पर प्रतिस्पर्धी होइनौँ । राजस्वको जिम्मेवारी अर्थमन्त्रालयको मात्रै नभएर राज्यका सबै निकायको हो । त्यसैले हातेमालो गरेर काम गर्न जरुरी छ”, मन्त्री खनालले भन्नुभयो, “राजस्व चुहावटमा देखिएका कमीकमजोरी संयुक्त रूपमा मिलेर समाधान गर्नका लागि निर्देश गर्दछु ।”

अर्थमन्त्री खनालले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकार भएका सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । “तीनवटै सुरक्षा निकायले पनि सूचना समन्वयमा सहकार्य गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “सुरक्षा निकायबाट बरामदी लक्ष्य बढाउने विषय पनि त्यति राम्रो होइन । सोतर्फ ध्यान दिन आग्रह गर्दछु ।”

अर्थमन्त्री खनालले सीमामा बस्ने कर्मचारी तथा राजस्वसँग सम्बन्धित कर्मचारीहरूले सेवाग्राहीसँग बोली र व्यवहारमा नम्र र सभ्य व्यवहार गर्नुपर्ने बताउनुभयो । सेवाग्राहीका लागि हामी खटिएकाले उहाँहरूको भावनाअनुसार काम गर्न सबै कर्मचारीलाई उहाँले आह्वान गर्नुभयो ।

अर्थमन्त्रालयका महाशाखा प्रमुख उत्तरकुमार खत्रीले चोरीतस्करी नियन्त्रण गर्ने अहिले उपयुक्त समय भएको बताउनुभयो । “अहिले काम गर्नका लागि कुनै पनि राजनीतिक दबाब र प्रभाव नआउने भएकाले पनि सही ढङ्गले कार्यसम्पादन गर्न अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “राजस्व चुहावट नियन्त्रणमा सक्रिय भई लाग्न निर्देश गर्दछु ।”

राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरोकार भएका सबैसँग अनुरोध गर्नुभयो । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त प्रयास जरुरी रहेकामा जोड दिनुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले राजस्व चुहावट नियन्त्रणका लागि सरोकार भएका निकायसँग सहकार्य र समन्वय गरी योजनाबद्ध कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताउनुभयो । “चालु आवको तीन महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन भएको छ”, उहाँले भन्नुभयो, “गत आवको तीन महिनाको तुलनामा राजस्व सङ्कलन १२ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ