2026-08-31 11:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई छैन: दाहाल

असोज १०, चितवन ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अनियमितता, भ्रष्टाचार र जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई नरहेको बताउनुभएको छ । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १८ आँै वार्षिकोत्सव तथा १३ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७४ का अवसरमा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा सानो त्रुटिका कारण मानिसको ज्यानै जान सक्ने भएकाले मानवीय संवेदनामा कसैले खेल्न नपाउने बताउनुभयो । 

स्वास्थ्य संस्था धराशायी बनाउने अधिकार कसैलाई छैन भन्दै उहाँले त्यस्तामाथि कारबाही गर्नुपर्ने बताउनुभयो । अस्पताललाई दक्षिण एशियाको नमुना अस्पताल बनाउन र स्वास्थ्य पर्यटनको विकास गर्न संकल्प र इच्छाशक्ति हुनुपर्ने सुझाव उहाँले दिनुभयो । 

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य क्षेत्र सुधारका लागि कर्मचारीको संकल्प आवश्यक छ भन्दै अत्याधुनिक उपकरण भित्र्याउनुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका नेता थापाले आउँदो सात वर्षभित्र देशका सरकारी अस्पतालमा उच्च गुणस्तरका रु ४० अर्बभन्दा बढीको उपकरण भित्र्याउनुपर्ने बताउनुभयो । 

सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा प्रकाशचन्द्र न्यौपाने र कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पतालका प्रगति, समस्या र भावी कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । सोही अवसरमा अस्पतालको नवनिर्मित भवनमा ८० शय्या सञ्चालनको शुभारम्भ गरिएको थियो । 

अस्पतालमा बिरामीको चाप बढेसँगै शय्या विस्तार गरिएको छ । दुई सय शय्याको निर्माणाधीन भवनको काम सम्पन्न भएको स्थानमा आजदेखि थप ८० शय्या सञ्चालनमा ल्याइएको हो । यससँगै अस्पतालको शय्या २७४ पुगेको छ । कार्यक्रममा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो । 

सांसद अञ्जनी श्रेष्ठ र गीता वाग्ले, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, अस्पतालका पूर्वअध्यक्ष गंगाप्रसाद उप्रेती, काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराई, राप्रपा(प्रजातान्त्रिक)का जिल्ला सभापति बद्री तिमिल्सिना, प्रजिअ नारायणप्रसाद भट्ट, अस्पताल सञ्चालक समितिका सदस्य दिनेश कोइराला, अस्पतालको चाइनिज मेडिकल टिम लिडर डा युअन हावजुन, अस्पताल सञ्चालक समितिका पूर्वअध्यक्ष डा गिसुपनिख प्रसिको, क्यान्सर सेवा समाजका अध्यक्ष श्याम लामिछानेलगायतले बोल्नुभएको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान