2026-10-03 12:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थमन्त्री खनालले सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको बताए

काठमाडौँ | अर्थमन्त्री रामेश्वर खनालले सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले प्रत्येक मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको भन्दै भन्सार प्रशासनमा लागत कम हुनेगरी आमूल सुधार गर्ने प्रयत्न भइरहेको जानकारी दिए ।

उनले भने,‘प्रत्येक मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ । अर्थ मन्त्रालयमा पनि यहाँहरुले देख्नुभएकै छ–भन्सार प्रशासनमा लागत कम हुनेगरी आमूल सुधार गर्ने प्रयत्न भइरहेको छ ।’ त्यस्तै उनले आम नागरिकले कर तिर्नको लागि सहज पहुँच पाउनेगरी कर तिर्ने विन्दुहरुलाई विस्तार गरिएको जानकारी दिए ।

७७ जिल्ला र ठूलो बजारको आकार ग्रहण गरेका ठाउँहरु करिब १२० ठाउँमा उद्यमी व्यवसायले कर दाखिला गर्न र प्यान नम्बर लिन पहुँच प्राप्त गर्ने व्यवस्था गरिएको उनले बताए । उनले भने,‘आम नागरिकले कर तिर्नको लागि सहज पहुँच पाउनुपर्छ भन्नको लागि कर तिर्ने विन्दुहरुलाई विस्तार गर्दै लगेर ७५३ नगरपालिकामा एक वर्षभित्रै पुग्ने र तत्काल पुग्न नसक्ने भएकाले ७७ जिल्ला र ठूलो बजारको आकार ग्रहण गरेका ठाउँहरु करिब १२० ठाउँमा उद्यमी व्यवसायले कर दाखिला गर्न र प्यान नं लिन पहुँच प्राप्त गर्ने व्यवस्था गरिएको छ । यो तत्कालको सुधार हो ।’

निजी क्षेत्र र सरकार मुलुकको विकास,समृद्धि र रोजगारको साझेदार भएको बताउँदै उनले निजी क्षेत्र र सरकार सहकार्य अपरिहार्य रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन