2026-11-10 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बिहार राज्य चुनावमा प्रधानमन्त्री मोदीको गठबन्धन अगाडि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले बिहार राज्यको महत्त्वपूर्ण चुनावमा प्रारम्भिक नतिजामा उल्लेखनीय अग्रता लिभएको छ । यो चुनावलाई प्रधानमन्त्रीको लोकप्रियता तथा देशका गरिब तर राजनीतिक रूपमा अत्यन्त प्रभावशाली राज्यहरूमध्ये एकमा उहाँको गठबन्धनको प्रभावको सूचकका रूपमा हेरिएको थियो ।

भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको आंशिक नतिजा अनुसार पूर्वी राज्य बिहारको २४३ सदस्यीय व्यवस्थापिकामा एनडिएले करिब २०० सिट हासिल गर्ने अनुमान गरिएको छ । यसले राज्यमा सरकार गठनका लागि आवश्यक १२२ को साधारण बहुमत सहजै पार गर्ने सङ्केत दिएको छ । यसमध्ये प्रधानमन्त्रीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले मात्रै ९० सिट जित्ने प्रक्षेपण गरिएको छ ।

करिब १३ करोड जनसङ्ख्या भएको बिहार देशको तेस्रो सबैभन्दा धेरै जनसङ्ख्या रहेको राज्य हो । यस राज्यले भारतको संसद्को तल्लो सदन (लोकसभा) मा चौथो सबैभन्दा बढी सांसदहरू पठाउँछ ।

यो राज्यलाई भारतको हिन्दी भाषी हृदयभूमिमा राजनीतिक प्रवृत्ति निर्धारण गर्ने प्रमुख सूचकका रूपमा प्रतिष्ठित गरिएकाले यस्तो अवस्थामा बिहारमा विजय प्राप्त गर्नु सत्तारूढ पक्षका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

यस वर्ष सम्पन्न दुई चरणको निर्वाचन बेरोजगारी, कानून–व्यवस्था तथा मतदाता सूची संशोधनमा देखिएका अनियमितता सम्बन्धी सार्वजनिक चिन्ताका बीचमा सम्पन्न भएको थियो ।

यसअघि नै प्रधानमन्त्री र विपक्षी नेताहरू दुवै पक्षबाट विशाल जनसभा, आक्रामक कल्याणकारी प्रतिबद्धता तथा मतदातासँग प्रत्यक्ष सम्पर्कजस्ता तीव्र चुनावी गतिविधिले राज्यभर तीव्र प्रतिस्पर्धा देखिएको थियो ।

प्रारम्भिक मतगणनामा एनडिएले उल्लेखनीय अग्रता लिँदा राज्य राजधानी पटनामा समर्थकहरूले पार्टीका झण्डा फहराउँदै, ड्रम बजाउँदै, नाचगान तथा पटाखा फोडेर उत्सव मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने