असोज १५, अछाम | नेपाली कांग्रेस मंगलसेन नगर कार्य समितीको बैठक सम्पन्न भएको छ । नगर कार्य समिती सभापति पुष्पराज भण्डारीको सभापतित्वमा बसेको बैठकले आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावका लागी उम्मेद्धारको नामावली सिफारीस गरी क्षेत्रलाई पठाएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, अछाम | नेपाली कांग्रेस मंगलसेन नगर कार्य समितीको बैठक सम्पन्न भएको छ । नगर कार्य समिती सभापति पुष्पराज भण्डारीको सभापतित्वमा बसेको बैठकले आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावका लागी उम्मेद्धारको नामावली सिफारीस गरी क्षेत्रलाई पठाएको छ "/>
२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रतिनिधी र प्रदेश सभाको निर्वाचनका लागि काग्रेसद्धारा उम्मेद्धार सिफारिस

२०७४, १५ आश्विन आईतवार १३:५२

असोज १५, अछाम | नेपाली कांग्रेस मंगलसेन नगर कार्य समितीको बैठक सम्पन्न भएको छ । नगर कार्य समिती सभापति पुष्पराज भण्डारीको सभापतित्वमा बसेको बैठकले आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावका लागी उम्मेद्धारको नामावली सिफारीस गरी क्षेत्रलाई पठाएको छ । जसमा प्रतिनिधी सभाको प्रत्यक्ष तर्फ मंगलसेन नगरपालीका ५ निवासी पुष्प बहादुर शाह, यज्ञराज ढुंगाना, ९ निवासी मान बहादुर रावल, ढकारी गाँउपालीका १ निवासी बल बहादुर कुवर, कमलबजार नगरपालीका ८ निवासि गणेश बहादुर बिष्ट, पञ्चदेवल बिनायक नगरपालीका १ निवासी देबराज देबकोटा, ६ निवासी राम बहादुर बिष्टको नाम सिफारिस गरीएको छ । 

त्यस्तै प्रतिनिधी सभाको समानुपातिक तर्फ मंगलसेन नगरपालीका ९ निवासि तिलक रावल, निर्मला रावल, ५ निवासि हेमराज ढुंगानाको नाम सिफारीस गरीएको छ भने प्रदेश सभाको प्रत्यक्ष तर्फ मंगलसेन नगरपालीका ५ निवासि चन्द्र प्रसाद ढुंगाना, बलबहादुर बिष्ट, डण्ड प्रसाद भाट, ७ निवासि नम बहादुर शाही, ९ निवासि प्रेमसिंह रावल र कमलबजार नगरपालीका ७ निवासि पदमराज अधिकारीलाई सिफारीस गरीएको छ । त्यस्तै प्रदेश सभाको समानुपातीक उम्मेद्धवारमा मंगलसेन नगरपालीका ४ निवासि पुर्णा शाह, तिलु देबी स्वार, ५ निवासि अञ्जु मल्ल, कम्मान सिंह नगार्जि, ६ निवासि पुष्पराज भण्डारी, ७ निवासि नमिता रावल, ९ निवासि मनसरा रावल, १३ निवासी हिक्मत बोगटी र मंगलसेन नगरपालीका वडा नम्बर १४ निवासि बिपी रेग्मीको नाम  नगर कार्यसमितीले सिफारिस गरी क्षेत्र नम्बर २ को क्षेत्रिय कार्य समितीलाई बुझाएको छ । काग्रेस अछामका पुर्व पार्टी सभापती पुष्प बहादुर शाह प्रमुुख आतित्यमा सुरु भएको बैठकमा जिल्ला उप सभापति चन्द्र प्रसाद ढुंगाना, महाधिबेशन प्रतिनिधी पदमराज अधिकारी, जिल्ला सदस्य मनसरा रावल, पुर्ब जिल्ला कोषाध्यक्ष प्रेमसिंह रावल, पुर्ब जिल्ला सदस्य कम्मान सिंह नगार्जि, किसान संघका कार्यवाहक अध्यक्ष सहदेव ढुंगाना, महिला संघका जिल्ला सचिव पुर्णा शाह, नेबिसंघ पुर्ब केन्द्रिय सदस्य बीपी रेग्मि, नेबिसंघ जिल्ला सचिव बम स्वार लगायत नगर कार्यसमितीका सम्पुर्ण पदाधिकरी हरुको सहभागिता रहेको थियो । 

बैठकको सञ्चालन नगर सचिव हिरण्ड बोहराले गर्नु भएको थियो । उता नेपाली काङ्ग्रेस कमलबजार नगरपालिकाको बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । प्रदेश सभा र प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिक तर्फका आकाक्षि उम्मेद्धारहरुलाई छनोट गरिएको हो । जसमा प्रतिनिधि सभाका लागि गणेश बहादुर बिष्ट, देवराज देवकोटा, पुष्प शाह, राम बहादुर बिष्ट, बल बहादुर कुवर, मान बहादुर रावलरहेका छन भने समानुपातिक तर्फ कमल बिक र भुमिशण बजगाइ लाई सिफारिस गरिएको छ । प्रदेश सभामा यज्ञप्रसाद ढकाल, सुरत बहादुर बिष्ट, राम बहादुर शाही, कर्ण बहादुर बुढा र समानुपातिक तर्फ अम्बिका थापा, दिल बहादुर धामी, तप्त बहादुर बिष्ट रहेका छन भने अर्कोमा सुरेन्द्र बहाफुर बिष्ट र पदमराज अधिकारी रहेका छन समानुपातिक पदम बहादुर भण्डारि अन्जु मल्ल, नमिता रावल बिष्ट, बिष्णु प्रसाद बजगाई, पुर्णा शाहको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ