कमल रावल | असोज १७, अछाम | नेकपा एमाले क्षेत्र नम्बर १ ले प्रतिनिधी सभा सदस्यका लागि जिल्ला कमिटीमा १ जनाको नाम निर्विरोध रुपमा सिफारिस गरेको छ ।
क्षेत्रिय कार्यालय साफेबगरमा बसेको बैठकले नेकपा एमाले केन्द्रिय कमिटी उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री भिम रावलको नाम निर्विरोध रुपमा सिफारिस गरिएको छ । प्रदेश सभाको सदस्यका लागि भोली बस्ने बैठकले टुङ्गो लगाउने छ । यता नेकपा एमाले क्षेत्रिय कमिटी क्षेत्र नम्बर २ ले प्रातिनिधी सभा सदस्यका लागि जिल्ला कमिटीमा सुझावका लागि ३ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रिय समन्वय कमिटी सँयोजक बल बहादुर सोडारीको अध्यक्षतामा पार्टी कार्यालय मंगलसेनमा सम्पन्न क्षेत्रिय कमिटीको बैठकले प्रतिनिधि सभा सदस्यका लागी क्षेत्रिय कमिटी सदस्य तारा कडायत, जिल्ला सचिव यज्ञ बोगटी र जिल्ला सचिवालय सदस्य शिव प्रसाद उपाध्यायको नाम जिल्ला कमिटीमा सुझावको रुपमा पठाउने निर्णय भएको जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रचारप्रसार बिभाग प्रमुख भिम जनालाले बताउनु भयो ।
बैठकमा साँसद भरत साउद, प्रदेश कमिटी सदस्य बम बहादुर बिसि, जिल्ला उपाध्यक्ष नन्द बहादुर कडायत, सचिव यज्ञ बोगटी लगाएतको बिशेष उपस्थिती रहेको थियो ।