2026-10-03 11:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिक पठाउन अवैध क्रियाकलाप गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ | एम्नेस्टी इन्टरनेसनलले बङ्लादेश, भारत, नेपाललगायत श्रमिक पठाउने मुलुकले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न भर्ना गर्ने एजेन्सीको अवैध क्रियाकलापलाई निगरानी, अनुसन्धान र कारबाही गर्न जिम्मेवारी लिन माग गरेको छ ।

एम्नेस्टी इन्टरनेसनलले आज श्रमिकसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै रियाद मेट्रो परियोजनामा काम गर्न साउदी अरब पुगेका आप्रवासी श्रमिकलाई अत्यधिक भर्ना शुल्क तिर्न बाध्य पारिएको, खतराजन्य अत्यधिक गर्मीमा काम गर्नुपरेको र उनीहरूले दशकौँदेखिको गम्भीर दुव्र्यवहारका क्रममा अत्यन्त न्यून पारिश्रमिक पाएको जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलले भनेको छ, “साउदी अरबमा सञ्चालनमा रहेका वा त्यहाँ प्रवेश गर्न खोज्ने कम्पनीका लागि यी निष्कर्षले स्पष्ट चेतावनीको काम गर्नुपर्छ, विस्तृत मानवअधिकारसम्बन्धी उचित सावधानी वैकल्पिक कुरा होइन । प्रारम्भिक चरणमै ठोस प्रक्रिया बिना र सम्भावित मानवअधिकारसम्बन्धी चासोलाई सम्बोधन गर्ने पर्याप्त योजना बिना व्यवसाय प्रत्यक्ष रूपमा श्रम शोषणको प्रणालीगत अभ्याससँग जोडिने हुने वा ती अभ्यासलाई बढावा दिनमा योगदान पु¥याउने जोखिममा पर्छन् ।”

एम्नेस्टी इन्टरनेसनलले साउदी अरबले सन् २०३४ विश्वकपसहितका चर्चित अत्यन्त ठूला अर्थात् गिगा–प्रोजेक्ट अघि बढाउँदै गर्दा, अधिकारीहरूले कफाला प्रायोजन प्रणालीलाई पूर्ण रूपमा समाप्त गर्नुपर्ने पनि माग गरेको छ । मानव गतिविधिद्वारा सिर्जित जलवायु परिवर्तनका कारण तापक्रम अत्यधिक बढिरहेको सन्दर्भमा उसै पनि चरम गर्मी तापक्रम रहेको देशमा उनीहरूले भोग्नु परेको कठिनाइ थप तीव्र भएको थियो । यस्ता दुव्र्यवहार दशकौँसम्म मुख्य पूर्वाधार परियोजनामा संलग्न विभिन्न कम्पनीमा निरन्तर जारी रहेको तथ्यले श्रमिकलाई उचित संरक्षण प्रदान गर्न र उच्च शोषणको जोखिममा पु¥याउने प्रणालीलाई भत्काउनमा सरकारको चरम विफलतालाई उजागर गरेको एम्नेस्टी इन्टरनेसनलको बुझाइ छ ।

प्रतिवेदनअनुसार सन् २०१४ देखि सन् २०२५ सम्म रियाद मेट्रो प्रणाली निर्माणमा संलग्न मुख्य ठेकेदार, सहायक ठेकेदार र श्रम आपूर्तिकर्तालगायत विभिन्न विदेशी तथा साउदी अरबका कम्पनीद्वारा रोजगारीमा लगाइएका बङ्गलादेश, भारत र नेपालका ३८पुरुषसँग एम्नेस्टी इन्टरनेसनलले कुरा गरेको थियो । उनीहरूमध्ये प्रायः सबैका लागि दुव्र्यवहार घर छोड्नुअघि नै सुरू भएको थियो किनभने उनीहरूलाई आफ्नै देशका एजेन्टहरूले ७०० देखि तीन हजार ५०० अमेरिकी डलरसम्मको भर्ना शुल्क र सम्बन्धित खर्च तिर्न बाध्य पारेका थिए । जसका कारण उनीहरू धेरै जसो भारी ऋणमा डुब्नुका साथै थप दुव्र्यवहारमा पर्ने जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने