2026-09-19 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै पार्टीको निर्णयप्रति कार्यकर्ता एकअर्काको खुलेर विरोध गर्दै

चिसाङ शेर्पा/असोज १८, खोटाङ । नेकपा माओवादी केन्द्र, नयाँ शक्ति नेपाल र नेकपा एमालेबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने निर्णयले खोटाङको राजनीतिमा तरंग छाएको छ । 

पार्टी एकता र तालमेलप्रति असन्तुष्टि जनाउँदै खोटाङका दुई राजनीतिक दलका कार्यकर्ताहरुले सामाजिक सञ्जाल फेसवुकमा एक अर्काको खुलेर विरोध गरेका छन् । 

नेकपा माओवादी केन्द्रवाट रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ का वडाध्यक्ष वनेका भिम राईले ‘एमालेसंग पार्टी एकता होइन चुनावी तालमेल पनि असंम्भव रहने बताएका छन् । तालमेल गरिहाले पनी चुनाव जिताउनु नभएर हराउनु हो’ भनेका छन् ।

प्रदेशसभा चुनाव लगत्तै एउटै कम्युनिष्ट पार्टी बनाउँनेसहित मंगलवार ६ बुँदे सहमति हुंदा नेकपा एमालेवाट रुपाकोट मझुवागढी नगरपालिका वुईपा १४ का वडाध्यक्ष वनेका दिनेश राईले नेकपा माओवादी केन्द नुनथलाप्रति इंगित गर्दै ‘माओवादी केन्द्रसंग कार्यगत एकता गर्नु महुरे नुनथलाका माओवादी कार्यकर्तासंग सिफारिस नचाहिने भन्दै पेरिसडाडाँ नुनथलामा नसरेको भनेका छन् ।’ 

यस्तै, नुनथला १३ का नेकपा एमाले वडाध्यक्ष गजेन्द्र राईले ‘केही वर्षभित्र माओवादी केन्द्रलाई गुगल्समा खोज्नुपर्ने बताएका छन् । त्यो वेला माओवादीलाई असहृय पिडा हुने छ ।’ राईले फेसवुकमा लेखेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको पूर्वसंध्यामा एमाले र माओवादीका कार्यकर्ताहरु एकअर्कालाई दोषारोपण गर्न थालेका हुन् । ६ बुँदे सहमतिको नतिजा आउँन वाकी रहंदा खोटाङसहित देशभर राजनीतिक क्षेत्रमा तरंग पैदा भएको छ । सहमतिकर्ता दलका नेताहरुले भने हिजोको सहमतिलाई ऐतिहासिक भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई